प्रि-एनड्याक बैठक : दरबन्दी बढाउन र पूर्वाधार थप्न स्वास्थ्यको जोड

काठमाडौँ, १२ पुस । दक्ष जनशक्ति र पूर्वाधारविना गुणस्तरीय सेवा उपलव्ध नहुने भन्दै स्वास्थ्य मन्त्रालयले राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएको छ । बुधबार  आयोगसंगको छलफलमा स्वास्थ्य सचिव केदारबहादुर अधिकारीले ध्यानाकर्षण गराएका हुन् ।

‘स्वास्थ्यमा गुणस्तरीय सेवा खोजिएको छ तर दरबन्दी प्रयाप्त छैन । विरामी स्वास्थ्यकर्मी अनुपात पुगेको छैन । अस्पताल स्तरोन्नती भएको भनिएको छ तर त्यहाँ चाहिने पूर्वाधार र उपकरणको व्यवस्था भएको छैन । यस कुरामा ध्यानाकर्षण गराउने काम भएको छ,’ सचिव अधिकारीले भने ।

उनले स्वास्थ्य क्षेत्रमा ‘सर्भिस डेलिभरीका ‘ लागि दक्ष जनशक्ति र पूर्वाधारको व्यवस्था अपुग भएकोले लक्ष्य हासिलमा समस्या भएको बताएका थिए । उनले आयोगसंगको छलफलमा ती समस्या समाधान गर्नका लागि आयोगले नया योनजा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रियस्तरको समस्या समिति (एनड्याक) बैठकमा पुग्नुअघि राष्ट्रिय योजना आयोगको अध्यक्षतामा बस्ने राष्ट्रिय विकास समस्या समाधान उपसमिति ‘प्रि(एनड्याक’ बैठकमा सचिव अधिकारीले स्वास्थ्यको समस्या राखेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *