करीब दुई महिना पछि स्वास्थ्यको कार्यक्रम सहभागि भइन सचिव डा. पुष्पा

काठमाडौँ, ९ पुस । स्वास्थ्य मन्त्रालयमा पुरानै कार्यकक्ष पाएकै दिन सचिव डा पुष्पा चौधरीले मन्त्रालयस्तरीय समिक्षा गोष्टीमा समेत भाग लिएकी छन् । स्वास्थ्य मन्त्रालयको हलमा केहीबेर अघि देखि सुरु भएको आर्थिक बर्ष २०७५/०७६ प्रथम चौमासिकमा सञ्चालित विकास आयोजनाहरुको प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक (एमड्याक)मा अर्का स्वास्थ्य सचिव केदारबहादुर अधिकारी संगै उनी पनि सचिवकै रुपमा सहभागी भएकी हुन् ।

करीव साढे दुई महिना अघि प्रधानमन्त्री कार्यालयमा सरुवा भएपनि उनले सर्बोच्च अदालतमा रिट दायर गरी स्वास्थ्य मन्त्रालयमा नै फिर्ता भएकी थिइन ।

उनको रिटको पहिलो पेशी १६ कात्तिकमा भएर निर्णय सरुवा सम्वन्धी निर्णय कार्यान्वनय नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएपनि त्यसयता स्वास्थ्यका सबैकार्यक्रमबाट विमुख भएकी थिइन । उनी स्वास्थ्यमै हाजिर हुन आउन थालेपछि स्वास्थ्य मन्त्री उपेन्द्र यादवले निमित्त सचिवको रुपमा आर्थिक कार्यभार समेतको जिम्मेवारी प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेललाई दिएका थिए ।

गत २४ मंसिरमा प्रधानमन्त्री कार्यालयबाट सचिव केदारबहादुर अधिकारी आएपछि सो जिम्मेवारी उनैले सम्हालेका थिए । त्यसयका अवधीमा पनि सचिव डा चौधरीको काम हाजिर हुने फर्किने भएको थियो ।

तर मन्त्री यादवले डा चौधरीलाई आज पुरानै कार्यकक्ष उपलव्ध गराईदिए भने संगै कार्यक्रममा समेत सहभागी हुने व्यवस्था मिलाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *