स्वास्थ्य सचिवको कार्यकक्ष भागवण्डा : डा चौधरीलाई पुरानै अधिकारीलाई नयाँ

काठमाडौँ, ९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई सचिवको कार्यकक्ष व्यवस्थापन भएको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दुबै सचिवलाई बोलाएर कार्यकक्ष व्यवस्थापन भएको जानकारी दिएका हुन् ।

नयाँ व्यवस्थापन अनुसार डा पुष्पा चौधरीलाई हाल स्वास्थ्य सचिव बस्ने कोठामै र अर्का सचिव केदारबहादुर अधिकारीलाई मन्त्रीका प्रमुख सल्लाहकार डा केके राई बस्ने कोठा (हल संगैको) व्यवस्था गरेका छन् । दुबै सचिवको नेमप्लेट समेत राखिएको छ ।

कोठा व्यवस्थापन गरिएपनि जिम्मेवारी बाडफाड गरिएको छैन ।

यसअघि मन्त्रीले स्वास्थ्य सचिवको रुपमा डा चौधरीलाई र जनसंख्या तथा प्रशासन हेर्ने गरी अधिकारीलाई व्यवस्थापन गर्न लागेको जानकारी नेपाल चिकित्सक संघका प्रतिनिधिहरुलाई गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *