अमेरिकी पूर्वराष्ट्रपति ओबामा कुम्लो बोकेर अस्पताल पुगेपछि …….
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा उपहारले भरिएको कुम्लो बोकेर बालबालिका भेट्न अस्पताल पुगेका छन् ।
बुधबार दिउसो वासिङटन डिसिमा रहेको चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेका ओबामाले ल्याएको उपहार उपचाररत बालबालिकालाई बाँढेका थिए ।
सान्टाक्लसले लगाउने रातो फ्लपी टो्पी लगाई अस्पताल पुगेका उनले उपचाररत बालबालिकालाई क्रिसमस गिफ्ट भन्दै उपहार बाँढेका थिए ।
पूर्व राष्ट्रपतिको यो कार्य देखेर उपचाररत बालबालिका र तिनका अभिभावक मात्रै होइन अस्पतालका चिकित्सक नर्स तथा कर्मचारी समेत आश्चर्यमा परेका थिए । करीब ९० मिनेट अस्पतालमा बिताएका ओबामाले विरामी बालबालिकालाई उपहार मात्रै दिएनन् ।उनीहरुसंग फोटो खिचाए, गीत गाँउने नाच्ने र क्रिसमसको सेलिब्रेसन समेत गरेका थिए ।
सोही अवसरमा उनले विरामी बालबालिकाको आफन्त, चिकित्सक, नर्स तथा अस्पतालका पदाधिकारीहरु सित उपचार तथा अस्पतालको सेवाको बारेमा कुराकानी गरेका थिए ।
उनले विरामी र तिनका अभिभावकलाई सहानुभूति समेत दिएका थिए । ओबामा कुम्लो बोकेर अस्पताल पुगेको र उपहार बाँढेको तस्विर तथा भिडियो सामाजिक सञ्जालमा यतिवेला भाइरल भएको छ ।
हेर्नुहोस भिडियो
सम्पर्क इमेल : [email protected]