समायोजन ऐनको त्रुटि सच्याउन भन्दै ८ वटा स्वास्थ्यकर्मी संगठनले बुझाए ९ बुँदे ज्ञापनपत्र
काठमाडौँ, १ पुस । समायोजन ऐनमा त्रुटि देखिएको भन्दै स्वास्थ्य आवद्ध ८ वटा संगठनले विरोध जनाएका छन् । उनीहरुले आजै स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई भेटी ज्ञापन पत्र बुझाएका छन् ।
समायोजन ऐनले निजामती तर्फका कर्मचारीलाई र स्वास्थ्य समूहका कर्मचारीलाई पक्षपात गरेको भन्दै उनीहरुले तत्काल नमिलेका कुराहरु सच्याउन समेत माग गरेका छन् ।
उनीहरुले राज्यमन्त्री समक्ष बुझाएको ज्ञापनपत्रमा सच्याउनुपर्ने र थप्नुपर्ने विभिन्न ९ बुँदे माग समेत रहेको अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्रराज कार्कीले बताए ।
उपप्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्र यस्तो छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]