छाउगोठमुक्त हुँदै जुम्ला

खलङ्गा, २९ कात्तिक । छाउगोठ मुक्त अभियान अन्तरगत जुम्लाको १२औँ बस्तीका रुपमा तिला गाउँपालिका–५ को चुलाकोट गाउँ आज छाउगोठ मुक्त घोषणा गरिएको छ ।

यसअघि ११ बस्ती छाउगोठ मुक्त घोषणा भइसकेका छन् । गाउँपालिकाको अगुवाइमा चुलाकोट बस्तीलाई छाउगोठ मुक्त घोषणा गरिएको हो । छाउगोठ मुक्त घोषणा कार्यक्रममा सरोकारवालाले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी स्थानीय जनप्रतिनिधि तथा आम गाउँवासीले महिनावारी नमान्ने प्रतिबद्धता गरेको वडाध्यक्ष कालीबहादुर बुढाले बताए ।

तिलाको ढिमकोट, रावतवाडा र जोडिवाडा गाउँ छाउगोठ मुक्त घोषणा भइसकेका छन् । यस्तै तातोपानी गाउँपालिकाको लाम्रा, श्रीनगर, हियाखोला र जैतपुर तथा पातारासी गाउँपालिका–५का माथिल्होर्प र तलिल्होर्प गाउँ समेत छाउगोठमुक्त भइसकेका छन् । हिमा गाउँपालिका–६ महावैपाथरखोला गाउँ शुरुवातमै छाउगोठ मुक्त भइसकेको बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *