‘बहिनीलाई दिने दक्षिणा खाम भित्र हुन्छ भन्न मिल्दैन’
यसपटकको दशैमा देश बाहिर थिएँ । त्यसैले परिवारसंग दशैँ मनाउन पाइएन । तिहारमा यहि हुन्छु । बहिनीको हातबाट टिका लगाउने योजना छ । यद्धपी आफ्नो ध्यान अस्पताल र बिरामीबाट छुटाउन मिल्दैन । तिहारकै दिन पनि म बिरामीहरुसंग हुनसक्छु । आफू काठमाडौँ भएका बेला आफ्ना विरामी र इमरजेन्सीमा आउने अरु विरामीका लागि चाडपर्ब, विदा भन्ने र नहेर्ने भन्ने कुरा हुँदैन । अस्पताल पुगिन्छ नै । त्यसैले बिरामीको निगरानी गर्दै तिहार मनाउँदै भन्न पनि सकिन्छ ।
…………………………………………………………………………………………
तिहार पर्ब सानोमा फरक थियो । अहिले फरक भएको जस्तो लाग्छ । त्यसबेलाको रमाइलो र अहिलेको रमाइलो पनि भिन्न जस्तो लाग्छ । बीचको समय धेरै देशबाहिर पनि बसेँ त्यसले धेरै पटक पर्वहरु मिस पनि गरेको छु । अहिले भने यसले दिदी बहिनी आफन्त भेटघाट हुने जमघट हुने मौकाको रुपमा लिने गरेको छु ।
………………………………………………………………………………………….
हामी तीन जना दिदी बहिनी र तीन जना दाजुभाई । गाँउ (पाल्पा)मा हुँदा सबै संगै बसेर लगाइन्थ्यो । तर अहिले पेशा व्यवसायका कारण सबै एक ठाँउ हुन पनि गाह्रो छ । त्यसैले दिदी बहिनी बाँढिएर टिका लगाउन पर्ने बाध्यता छ । हामी सबैजना एकैठाँउमा बसेर टिका लगाउन नपाएको धेरै बर्ष भयो । हाम्रो एक बहिनी काठमाडौँमा छन् । त्यसैले मैले उनीसंगै लगाउँछु । दुई दिदीहरु पाल्पामा हुनुहुन्छ र दाई बुटवलमा हुनुहुन्छ । त्यसकारण दाईलाई उतैका दिदीहरुले लगाईदिनुहुन्छ । एउटा भाई अहिले विदेश छ । त्यसैले यसपटकको तिहारमा दुई भाई मात्रै हुन्छौँ ।
……………………………………………………………………………………………….
तिहारका लागि भनेर खानपानमा त्यस्तो ठूलो तयारी छैन । हाम्रो परिवार साधारण खाना मन पराउँछ । टिका लगाउन श्रीमतीको दाजुभाई पनि हाम्रो घरमा आउने कुरा छ । त्यसैले सेलरोटी त पाक्छ होला । धेरै परिकार बनाउने चलन भने छैन । खानाको परिकार धेरै बनाउँदैनौँ , धेरै परिकार खाएर रमाइलो हुन्छ भन्ने विश्वास पनि गर्दैनौँ । थोरै खाने मिठो खाने र एक आपसमा उत्सव साटासाट गर्ने गर्दछौँ ।
………………………………………………………………………………………………….
तिहारका बेलामा जुवा तास खेल्ने चलन छैन । त्यसमा खासै चाख पनि छैन । समयको बर्वादी मात्रै हुन्छ र खेल्ने फुर्सद हुने पनि होइन । त्यसैले तिहारका बेलामा तास खेल्ने भन्ने हुँदैन ।
…………………………………………………………………………………………………..
सानोमा तिहारमा दक्षिणा कति दिने के उपहार पाउने भन्नेमा खुबै चासो हुन्थ्यो । अहिले त्यस खालको चासो हुँदैन । दक्षिणा त दिन्छु नै । खाम भित्र हुन्छ भन्न मिल्दैन ( हासो …….)।
फेरी यसपटक कति दक्षिणा दिने भनेर पुरै योजना बनाएर पनि बस्दैनौँ त्यसैले अहिले नै भन्न पनि सकिदैन (हासो………………) ।
खासमा दक्षिणाको व्यवस्था मेरो श्रीमतीले गर्छिन । उनले दिएको दक्षिणा मैले बहिनीलाई दिने हो । दक्षिणा भन्दा पनि हाम्रो परम्परा, सम्वन्ध र उत्सव सबैभन्दा राम्रो पक्ष हो जस्तो लाग्छ ।
…………………………………………………………………………………………………………..
विगतका यस्ता पर्वमा धेरै पटक विरामीसंग बिताएको छु । टिका लगाउने बेलामा हस्पिटल कुदेको छु । त्यसैले हामीले यस्ता पर्वहरुमा पनि पूर्ण ढुक्कका साथ मनाएर बस्न पाइदैन । जुनसुकै बेला फोन आउन सक्छ र जानुपर्न सक्छ । त्यसैले घरमा ठूलो उत्सव पनि गर्दैनौँ ।
सम्पर्क इमेल : [email protected]