प्रधानमन्त्री ओली अस्पतालबाट आज डिस्चार्ज हुँदै
काठमाडौँ, १६ कात्तिक । गत सोमबार देखि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज हुने भएका छन् ।
अस्पतालका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले डिस्चार्ज प्रक्रिया अघि बढिसकेको भन्दै अबको केही बेरमा प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार प्रस्थान गर्ने बताए ।
उनले सुईबाट दिइने सबै एन्टीबायोटिकको डोज पुरा भएको र स्वास्थ्यमा समेत उल्लेख्य सुधार भइसकेको अवस्थामा अस्पतालमा बसि राख्नु नपर्ने भन्दै चिकित्सकको सिफारिसमा डिस्चार्ज गर्न लागिएको जानकारी दिए ।
रुघा, खोकी ज्वोरो साथै छाती समेत समस्या देखा परेका बेला सुगर लेभलमा गडबढी उत्पन्न भएपछि प्रधानमन्त्रीलाई गत सोमबार विहान साढे तीन बजे महाराजगञ्जस्थित मनमोहन सेन्टर पुर्याइएको थियो । त्यहाँ त्यहाँ उनको उपचार बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीको संयोजक प्राडा दिव्या सिंह शाह र डा शन्तकुमार दास सदस्य रहेको टीमले गरेको थियो ।
त्यसो त प्रधानमन्त्री ओलीले दुई दिन अघि देखि नै अनौपचारिक रुपमा काम शुरु गर्न थालिसकेका थिए ।
सम्पर्क इमेल : [email protected]