स्वास्थ्य सचिव सरुवा भएको पत्र आयो, निमित्तको टुंगो अझैँ लागेन

काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको सरुवा भएको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर उनी सरुवा भएपछि सचिवको जिम्मेवारी कसले सम्हाल्ने भन्ने बारेमा मन्त्रालयमा अझै पत्र पुगेको छैन् ।

बरिष्ठताका आधारमा हाललाई प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेलले नै निमित्त सचिवको भूमिका निर्वाह गर्नेछन् । तर औपचारिक पत्र विनाको निमित्तलाई आर्थिक तथा अरु महत्वपूर्ण निर्णय गर्ने अधिकार हुँदैन ।

गत २८ असोजमा गरिएको भनिएको सरुवा निर्णयको पत्र दुई साता पछि गत शुक्रबार दिउसो स्वास्थ्य मन्त्रालयमा पुगेको थियो । त्यस दिनसम्म सचिव डा. चौधरीले नियमित रुपमा आफ्नो कार्य गर्दै आएकी थिइन । आज भने उनी स्वास्थ्य मन्त्रालय गएकी छैनन् । ‘सचिव ज्यूको
सरुवा सम्वन्धी पत्र अस्ति शुक्रबार मात्रै हामीकहाँ आइपुग्यो,’ प्रमुख विशेषज्ञ डा. प्याकुरेलले भने, ‘आज त उहाँ मन्त्रालय आएको देखेको छैन ।’

उनले सचिवको सरुवा भएको पत्र आएपनि मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्ने भन्ने पत्र आइनसकेको बताए । ‘बरिष्ठताको क्रममा सचिव नभएको बेला महिले सम्हाल्ने स्वभाविक हो तर यो निमित्त अधिकार विहीन हो । अधिकार सहितको निमित्तका लागि त पत्र चाहिन्छ होला नि ,’ उनले भने ।

सचिव डा. चौधरी विदामा
मन्त्रालयमा सरुवा सम्वन्धी पत्र आएपछि स्वास्थ्य सचिव डा. चौधरी विदामा बसेकी छन् । स्वास्थ्यको कारण देखाउँदै उनी विदामा बसेकी हुन् । ‘मलाई सन्चो छैन् । त्यसले विदामा बसेको छु । निको भएपछि फेरी नियमित कार्यमा फर्कुँला,’ नेपाली हेल्थसंग छोटो प्रतिक्रिया दिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *