दशैं, इमर्जेन्सी सेवा र स्वास्थ्यकर्मी

हिन्दुहरुको महान पर्व दशैँको मुख्य दिनमध्यको एक महाअष्टमी । घर घरमा कालरात्रीको पुजा गरी मनाइदै छ । दशैँकै लागि भनेर देशविदेशबाट घरमा फर्कनेको ताती अझै घटेको छैन् । यो क्रम टिकाकै दिनसम्म चल्छ । देशकै सरकारी अड्डाहरु प्राय सबै बन्द हुन्छ । कर्मचारीहरु घरघर टिका थाप्न पुग्छन् । तर उस्तै कर्मचारी वा भनौ स्वास्थ्य कर्मीहरु भने चौविसै घण्टा विरामीको सेवामा खटिनुपर्ने अवस्था छ ।
दशैं धार्मिक मात्र नभई सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । बर्ष भरी घर बाहिर बसेका आफन्तहरु दशैंमा घर आउछन । दशैं नै एउटा चाड हो जसले परिवारलाई एकजुट गराउँछ अनि आआफ्ना भावना साट्न मद्दत गर्छ । स्वास्थ्यकर्मीका दशैं वा तिहार बर्षौं छुटे होलान तर हामी जनमानस तथा जनप्रतिनिधिले तिनीहरुको समबेदना अनि भावना कति बुझ्न सकेका छौँ होला एक पटक मनन गर्नु पर्ने हुन्छ।
उनीहरुका कति दशैं तिहार खाली गए होलान ? उनीहरु पनि त तपाइँहरु जस्तै मन भएका मानिस हुन् उनीहरुलाई पनि रहर लाग्दो हो आफ्ना अग्रजबाट आशिर्बाद थाप्न दशैंमा र सानालाई आशिर्बाद दिन तर पेशा नै त्यस्तो छ कार्यालय नै बन्द गरी घर हिड्न नमिल्ने ।
सबै कार्यालयहरु बन्द भैरहेको अवस्थमा अस्पताल २४-७-३६५ अर्थात बर्षभरी नै चौविस घण्टा चलेको हुन्छ । स्वास्थ्यकर्मीहरु दशैं तथा तिहारलाई मनमै राखी बिरामीको सेवामा लागि परेका हुन्छन् ।
‘यिनीहरुको कामै यही हो त गर्न परी गो नि’ भन्ने सोचाइ भन्दा एउटा भिन्न सोचाई जसले स्वास्थ्यकर्मीको मनोभावमा चोट नपर्ने गरी उनीहरुको भावनालाई कदर गरेर सेवा लिई दिनु भयो भने अझ उच्च मनोबलले स्वास्थ्यकर्मीले काम गर्न सक्छन् ।
उपचारमा संग्लग्न स्वस्थ्यकर्मीलाई‘ दशैं जस्तो चाडमा घर नगई सेवा दिई राख्नु भाको छ’भनि प्रशंसा गरि दिनुहोस, उ कति फुरुक्क परेर काम गर्छ होला ।
‘अहिलेको दशैंमा घर जान पाउनु भएन है, तपाई जस्तो स्वस्थ्यकर्मी माथि मेरो आदर अनि इज्जत छ’ भनि दिनोस्, उसको मनोभाव कति उच्च बनेर आउछ होला ?
स्वस्थ्यकर्मीलाई बोलाउदा उसले फर्केर हेरेन भने उसको मनमा कतै घर जान नपाएकोमादुखित पो छ की उसको भावना बुझी दिनुहोस् ।
‘तपाइको पेशा कति संबेदनशील छ रात दिन खट्नु पर्ने, पेशा दुखी भए पनि सम्मानीय छ है भनि दिनोस्र’उसले आफ्नो पेशामा कति गर्व गर्छ होला ।
यस्तै सकारात्मक भावना सम्प्रेषण गरि दिनु भयो भने त्यो स्वास्थ्यकर्मीले घर अनि आफन्त तपाइँ मै देख्छ अनि सन्तुष्ट हुन सक्छ ।
दशैंको छुट्टीको बेला ओपिडी सेवा बन्द हुने हुनाले इमर्जेन्सी सेवा र आन्तरिक सेवा ( बिरामीलाई भर्ना गरी उपचार गर्ने सेवा) मात्र उपलब्ध हुन्छ । इमर्जेन्सी सेवा त्यस्तो हो जुन सेवा लिन नपाए बिरामीको अवस्थामा तल माथि पर्न सक्छ । यसको मतलब सिकिस्त बिरामी मात्र यसको सेवा लिई दिनु भयो भने सो बिरामीले सही उपचार पाउछ अनि रेफर गर्न परे समयमै रेफर हुन्छ ।
नत्र सामान्य बिरामीले पनि इमर्जेन्सी सेवालिन खोज्नु भयो भने जो सिकिस्त बिरामी छन् तिनीलाई चाहिदो सेवा दिन गार्हो पर्छ । यो छुट्टीको बेला सिकिस्त बिरामी भन्दा नि सामान्य बिरामीले इमर्जेन्सी भरिन्छ । त्यसैले सेवाग्राहीले पनि बुझी दिनु पर्यो की मैले गर्दा कुनै सिकिस्त बिरामीको उपचारमा त अप्ठ्यारो परि रहेको छैन रु यहीहो जनसमुदायको धर्म आफ्नो कारणले अरुलाई नकारात्मक असर नपरोस् भन्ने भावना र जनप्रतिनिधिको भूमिका पनि यो कुरामा आउनु पर्छ इमर्जेन्सीमा सिकिस्त बिरामीले सेवा पाउनु पर्छ सामान्य बिरामीले भन्दा नि ।
सामान्य बिरामीले सेवा न लिने त भन्नेप्रश्न उठ्न सक्छ रु लिने तर सके सम्म कुरेर हतार नगरी स्वस्थ्यकर्मीलाई अनुरोध गरी गर्न सकिन्छ तर सामान्य बिरामीलाई नै उपचार गर्न हतार भै रहेको हुन्छ । यो सोचाई चै त्याग्नु पर्छ इमर्जेन्सी सेवामा ।
उच्च रक्तचाप को औषधी खाई रहेको छु प्रेसर नापी दिनोस त । ्घर जादै छु बच्चालाई हेरी दिनोस त ।
भर्खर गाडीमा आएको वाकवाकी आउन खोज्छ जाची दिनोस त्र कमजोर छु सलाइन पानी चढाई दिनोस् त । उकालोचढेको सास बढ्यो छाती जाच्नोस त । यस्तै अनेकन कुरा जसले सिकिस्त बिरामीको इमर्जेन्सी सेवा प्रवाह गर्न कठिनाई हुन्छ । ्मेरो गाडी छुट्छ छिटो हेरी दिनु पर्यो भन्ने सेवाग्राही पनि आउनु हुन्छ । सेवा राम्ररी लिनु भन्दा नि छिटो चाहियो र सही उपचार पाउनु भन्दा नि गाडीको चिन्ता बढी देखिन्छ । त्यसरी उपचार लिन खोज्दा कसलाई घाटा स्वयम् बिरामीलाई नै त हो नि । आफुले छिटो सेवा पाउनु पर्छ अरु जे सुकै हौँन(सिकिस्त हुन् वा नहुन) भन्ने स्वार्थले सेवा प्रवाहलाई असर गरि रहेको हुन्छ ।
स्वास्थ्य सेवा अधिकार मात्र नभई त्यो संगै आउने कर्तव्य पनि हो भन्ने बुझ्नु पर्छ सेवाग्राहीले अनि केही केही नैतिक कर्तव्यहरू बिरामी तथा बिरामीका मान्छेले बुझ्नु पर्छ ।
१. अधिकारको नाममा स्वस्थ्यकर्मीलाई यो गर त्यो गर भनी दबाब दिनु मिल्दैन
२. जबर्जस्ती गर्न नसकिने कुरा गराउनु मिल्दैन
३. जसरी बिरामीलाई सेवाप्रदायक रोज्ने अधिकार छ त्यसरी नै स्वास्थ्यकर्मीले बिरामी रोज्ने अधिकार पनि छ भन्ने बुझ्नु पर्छ इमर्जेन्सी सेवा बाहेक
४. सेवाग्राहीले व्यक्तिगत रिस इवी साध्नु मिल्दैन स्वस्थ्यकर्मी माथि
५. स्वस्थ्यकर्मी पनि हामी जस्तै मान्छे हो भनि बुझी दिनु पर्छ
६. अनावश्यक भीडभाड गरे बिरामीको उपचारमा सहज हुँदैन
७. एक जना स्वास्थ्यकर्मीले बिरामीकोबारे सबै आफन्तलाईबताउन सकदैन उसको खास व्यक्तिलाई मात्र भन्न सक्छ तर हामी कहाँ त संस्कार नै बनेको छ पालै पालो एक एक आफन्तले सोध्ने गर्छन बिरामीलाई के भो भनेर्र स्वास्थ्यकर्मीलेबिरामीको बारे सबैलाई भन्ने गर्नु पनि हुदैन किनकी उसको गोपनियता कायम राख्नु पर्ने हुन्छ त्यो कुरा आफन्तले बुझ्नु पर्छ ।
यति मनोभाव लिई स्वस्थ्यकर्मीको सेवालाई बुझिदिनु भयो भने तपाई सेवाग्राही र स्वस्थ्यकर्मीको दशैं दशैं जस्तो हुनेछ र पक्कै पनि स्वस्थ्यकर्मीको भावाना बुझ्नु हुनेछ भनि बिस्वास गर्दै विजयादशमीको शुभकामना टक्राउछु ।
सम्पर्क इमेल : [email protected]