राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक डा. उपाध्यायद्धारा पदबाट राजिनामा
काठमाडौँ, २५ असोज । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्यायले पदबाट राजीनामा दिएका छन् । बुधबारबाट लागू हुने गरी उनले पदबाट राजिनामा दिएका हुन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा सुवोध अधिकारी समक्ष उनले गत साता नै राजिनामा बुझाएका हुन् । उपकुलपति प्राडा अधिकारीले बुधबारबाट निमित्तको जिम्मेबारी डा विनोद शेरचनलाई दिएका छन् ।
अर्को व्यवस्था नभएसम्म जिम्मेवारी सम्हाल्नु भन्ने पत्र पाएको छु । डा शेरचनले भने । विसं २०७२ साल देखि ट्रमाका निर्देशक भएका अधिकारीको समय अवधी भने तोकिएको थिएन ।
न्याम्स र बीर अस्पतालका पदाधिकारीको पदावधी तोकिएको छ तर ट्रमाको निर्देशकको पदावधी तोकिएको छैन ।
सम्पर्क इमेल : [email protected]