नवलपरासी : जिल्लाकै नमूना प्रसूतिगृह
नवलपरासी, २५ असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमूना प्रसूतिगृह सञ्चालनमा आएको छ ।
सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका–१ मा प्रसूति गराउनका लागि जिल्लाकै व्यवस्थित रसुविधा सम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो । सो केन्द्रको बुधबार प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भौतिक, पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले उद्घाटन गर्दै मन्त्री चौधरीले प्रदेश सरकार सबैलाई सहज र व्यवस्थित उपचार सेवा लिने लक्ष्यका साथ अघि बढी रहेको बताए।
सुनवल नगरपालिकाभित्रका गर्भवतीले आफ्नै गाउँपालिकामा सहज वातावरण बच्चा जन्माउन पाउन् भन्ने उद्देश्यले नगरपालिकाले सो केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख भीमबहादुर थापाक्षेत्रीले बताए ।
नगरपालिकाभित्र जोसुकै गर्भवती सो केन्द्रमा बच्चा जन्माउन आउँदा त्यसको लागि निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिएको छ । व्यवस्थित र वातानुकूलितसहितको उक्त सेन्टरमा छ जना दक्ष स्टाफ नर्ससहित ११ स्वास्थ्यकर्मी खटाइएका छन् । साथै बच्चा र सुत्केरी महिलालाई आवश्यक पर्ने औषधिको व्यवस्था मिलाइएको छ भने तापक्रम अनुकूल राख्न वातानुकूलितसहितको प्रसूति कक्ष बनाइएको छ । रासस
सम्पर्क इमेल : [email protected]