डा. केसी प्रति प्रचण्डको कटाक्ष: ‘उहाँको काम नै अनशन बस्नु हो’

काठमाडौँ, ७ साउन ।  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डा गोविन्द केसीको काम नै अनशन बस्नु भएको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रचण्डले डा केसीलाई आफ्नो अनशनको दुरुपयोग भएको छ कि भनेर विचार पुरयाउन समेत आग्रह गरे ।

डा केसीको अनशन अहिले पहिलो पटक नभएको भन्दै उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डा केसीलाई बोकेर आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न खोजेको आरोप लगाए । कांग्रेसलाई लक्षित गर्दै उनले भने, ‘तपाईँहरु सरकारमा बसेको बेलाके हेरे बस्नु भएको थियो ?’

उनले डा केसीको अनशनलाई सामान्य भन्दै समाजले समेत पचाई सकेको बताए । उनले भने, ‘ उहाँको काम अनशन बस्नु हो, बार्ता हुन्छ, सहमति हुन्छ , यो समान्य प्रक्रिया हो ।’

उनले अनसन बसेको भरमा सबै माग पूरा नहुने पनि दावी गरे । ‘एउटा व्यक्तिको मागलाई मानिदिनुपर्ने हो भने संसद किन चाहियो ?’ उनले भने ‘बीचबीचमा एक दुई जनालाई अनसन बस्न लगाइदियौं । उसले जे भन्छ त्यही मानौं ।’

उनले सरकारी टोलीसंग बार्ता गर्दिन भनेको प्रतिपनि आश्चर्य व्यक्त गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *