डा. गोविन्द केसीको समर्थनमा बानेश्वरमा बृहत प्रदर्शन
काठमाडौँ, ५ साउन । डा. गोविन्द केसीको समर्थनमा आज राजधानीमा बृतत प्रदर्शन भएको छ । सोलिडारिटी फर डा केसी अलायन्सको आयोजना भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायधीश देखि आम सर्वसाधारणसम्मको उपस्थिति छ ।
दवावमुलक प्रदर्शन गर्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानन्यायधीश सुशीला काकी, मानवअधिकारबादी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, कलाकार करिस्मा मानन्धर लगायत हजारौँको सहभागिता छ ।
माइतीघरबाट शुरु भएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले डा केसीको माग तत्काल पुरा गर्न सरकारलाई अनुरोध गरिन । उनले शान्तिपूर्ण आन्दोलनलाई दवाउन खोज आगो बोल्ने भन्दै चेतावनी दिइन ।
कार्यक्रममा बोल्दै मानवअधिकारबादी कृष्ण पहाडीले नेकपाको सरकार जनहीत विपरित अघि बढेको बताए । उनले डा केसीको माग तत्काल पुरा गरी जीवन रक्षा गर्न आग्रह गरे ।
कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, डा विशद दाहाल लगायतले बोलेका थिए ।
कार्यक्रम शुरु भएको केही क्षणमै नेपाल तरुण दलका कार्यकर्ताहरुले प्रहरी घेरा तोडन थालेपछि सभाको पारीपट्टी झडप शुरु भएको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही लाठी चार्ज र अस्रुग्यास प्रयोग गरेको थियो ।
झडपमा परी तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंघ बस्नेत सहित केही प्रदर्शन कारी घाइते भएका छन् ।
सम्पर्क इमेल : [email protected]