कालिका नगरपालिकामा पुरानो मेडिकल कलेजको स्वास्थ्य शिविर
चितवन, ८ बैशाख । चितवनस्थित कालिका नगरपालिकाले एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न उक्त शिविरमा १५० जना बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।
उक्त शिविरमा पुरानो मेडिकल कलेजबाट चिकित्सक तथा हेल्थ केयर सिष्टमास प्रालिले निशुल्क रुपमा औषधि उपलव्ध गराएको थियो ।
पुरानो मेडिकल कलेजका बरिष्ठ जनसम्पर्क अधिकृत दुर्गाप्रसाद न्यौपानेका अनुसार शिविरमा स्त्रीरोग विशेषज्ञ डा रुविना श्रेष्ठ, नेत्र विशेषज्ञ डा सरोजप्रसाद नेमकुल तथा डेन्टल सर्जन डा अस्मिता पौडेल सहभागी थिए ।
यस्तै डा मुना नेपाल, डा सरोज भट्टराई, डा अनिसा भण्डारी, डा मेलिना असारपाती र सन्जु सुनार लगायतले सेवा प्रदान गरेका थिए । सो कार्यक्रममा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका समेत परिचालित भएका थिए ।
नगरपालिकाको ११ नम्बर वडामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको परिषरमा रहेको शिविरको उदघाटन ११ नं वडाका अध्यक्ष कृष्णबाहादुर प्रजाले गरेका थिए ।
जनसम्पर्क अधिकृत न्यौपानेले सामाजिक उत्तरदायित्व अन्तरगर्त कलेजले विभिन्न स्थानीय तहमा निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराएको बताए ।
सम्पर्क इमेल : [email protected]