यसरी बन्दैछ वीर अस्पतालको नौ तले सर्जिकल भवन

काठमाडौँ, १२ चैत । गत २५ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको वीर अस्पतालको सर्जिकल ब्लक (कम्पलेक्स) को निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । दुई अर्ब ३४ करोड रुपैयाँमा निर्माणको ठेक्का लिएको जेआईइसी तथा शर्मा रसुवा कन्स्ट्रक्सन प्रालिले निर्माणको कामलाई तिव्रता दिएको छ ।

आगामी तीन बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो भवन अन्डरग्राउण्ड दुई तल्ला सहित नौ तल्ले हुने बताइएको छ । सो ब्लकमा ६५० शय्या रहने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले बताए ।

 

प्राडा गुरुङका अनुसार सो ब्लकमा १५ वटा मेजर ओटी कक्ष राखिने छ । २० वटा सर्जिकल आइसियू, ३० ओटा पोष्टअप वार्ड रहनेछ । त्यसबाहेक अरु सिंगल तथा डबल क्याविन तथा जनरल कक्षहरु राखिनेछ । सोही ब्लकमा सिटिस्क्यान, पेटस्क्यान, एमआरआई जस्ता अत्याधुनिक मेसिनहरु राखिनेछ ।

बीर अस्पतालमा देखिएको पार्किङ समस्यालाई हल गर्न सो भवनको अण्डरग्राउण्डमा करीब डेढ सय कार पार्किङ गर्न मिल्ने व्यवस्था गरिने समेत उपकुलपति गुरुङले बताए ।

 

उनले तेस्रो तल्लाको एउटा कर्नरमा कर्मर्सियल बैक, तथा फार्मेसी राख्ने समेत बताए । उपकुलपति प्राडा गुरुङसहितको टोली शुक्रबार भवन निर्माणस्थलमा निरीक्षण गर्न पुगेको थियो । कम्पनीले अहिले जग खन्ने कामलाई तिब्रता दिएको छ ।

पहिले नर्सिङ क्याम्पस सहित चिकित्सकहरुको क्वाटर भवन रहेको १७ रोपनी जग्गामा नयाँ सर्जिकल कम्प्लेक्सको निर्माण शुरु गरिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *