यस्ता छन् प्याजका ७ फाइदा
१. प्याजमा प्रशस्त मात्रामा सोडियम, पोटासियम र फस्फोरसका साथै एन्टीअक्सिडेन्ट र क्रोमियम नामक तत्व हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई सन्तुलित बनाउँछ ।
२. यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।
३. यसको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउँछ जसले मधुमेह रोगीका लागि लाभदायी हुनुका साथै मृगौला रोगीहरुका लागि पनि फाइदा गर्छ ।
४. निन्द्रा नपर्ने ब्यक्तिहरुले प्याजको स्लाद बनाएर खानाले निन्द्रा लाग्न मद्दत गर्छ ।
५. यसको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खातराबाट टाढा राख्नमा मद्दत गर्छ ।
६. यसको सेवनले रुघाखोकी निको पार्नुका साथै मुखको दुर्गन्ध हटाउन, दाँत, गिँजा तथा मुखको संक्रमण हुनबाट बचाउँछ ।
७. प्याजलाई पेस्ट बनाएर दहीमा मिलाई अनुहार तथा शरीरमा लगाउनाले अनुहार तथा शरीरमा भएका काला दागहरु हटानुका साथै प्याजको रसले कपडामा भएका दागहरु हटाउन पनि मद्दत गर्छ ।
सम्पर्क इमेल : [email protected]