‘फ्रेन्डस् अफ नेपाल मेडिकल काउन्सिल’ स्थापना

काठमाडौँ, १६ फागुन । विभिन्न क्षेत्रका विज्ञहरुलाई समेटेर नेपाल मेडिकल काउन्सिलले ‘फ्रेन्डस् अफ नेपाल मेडिकल काउन्सिल’ नामक समिति गठन गरेको छ ।सल्लाहकार समितिको भूमिका रहने सो समितिले काउन्सिलका गतिविधिलाई नागरिकस्तरबाट निगरानी गर्नेछ ।

सो समितिमा प्रशासन क्षेत्रबाट पूर्व सचिव शान्तबहादुर श्रेष्ठ, न्याय क्षेत्रबाट लोकेन्द्र मल्लिक, कलाकार क्षेत्रबाट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेका छन् । यसैगरी समितिमा पूर्व सांसद रन्जु झा, बरिष्ठ पत्रकार युवराज घिमिरे र पूर्व प्रहरी प्रमुख कुबेरसिंह राना रहेका छन् ।

काउन्सिलका रजिष्टार डा दिलिप शर्माले नयाँ समितिले काउन्सिलका कामहरुलाई नजिकबाट निगरानी गर्ने , सुझाव दिने र काउन्सिलले पनि समितिबाट सल्लाह सुझाव लिने बताए ।

काउन्सिलको ५५ औँ स्थापना दिवसको अवसरमा यो समिति गठन गरिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *