स्वास्थ्यमा कर्मचारी संयोजन गर्न कठिन : मन्त्री बोहरा
काठमाडौँ । स्वास्थ्य मन्त्री दीपक बोहराले कर्मचारी संयोजन कठिन कार्य भएको बताएका छन् ।
आज मन्त्रालयद्वारा आयोजित बिदाइ कार्यक्रममा मन्त्री बोहराले भने, “कर्मचारी संयोजनको काम कठिन छ । संघीयतामा सबैलाई स्वीकार्य हुने गरी स्वास्थ्य मन्त्रालयका महाशाखाहरु राख्ने विषयमा पनि छलफल भइरहेको छ । समयको अभावले चाहेका धेरै काम गर्न सकिएन ।”
“स्वास्थ्यमा बीमा कार्यक्रम निकै राम्रो शुरुआत हो, क्यान्सर, मुटुरोग र स्पाइनर इञ्जुरीबाट पक्षघात भएका बिरामीका लागि मासिक पाँच हजार भत्ताको व्यवस्थाले पनि बिरामीलाई केही सुविधा हुनेछ”, उनले भने।
गत जेठ २३ गते नेकपा (माओवादी केन्द्र) लगायत दलको समर्थनमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बोहरा राप्रपाबाट मन्त्री नियुक्त भएका थिए । उनले गत कात्तिक महिनादेखि स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेका थिए ।
प्रधानमन्त्री देउवाले आज देशवासीका नाम सम्बोधन गर्दै राजीनामा दिएपछि मन्त्री बोहराको पनि आजै मन्त्रालयमा बिदाइ गरिएको हो । रासस
सम्पर्क इमेल : [email protected]