एड्स रोग नियन्त्रण केन्द्रले आधा बर्षमा गरेको प्रगति २ प्रतिशत !

काठमाडौँ, ११ माघ । सामान्य त सरकारी कार्यालय आधा आर्थिक बर्ष जाँदा  लक्ष्यमा कति प्रतिशत प्रगति हासिल गर्छ होला ? ४० प्रतिशत, ५० प्रतिशत वा त्यो भन्दा धेरै,  तर होइन एउटा सरकारी कार्यालयको प्रगति चालु आर्थिक बर्षको पहिलो ६ महिनामा दुई प्रतिशत माथि छैन ।

टेकुस्थित टेकुस्थित राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले चालु आर्थिक बर्षको पहिलो ६ महिनाको प्रगति दुई प्रतिशत कटाउन सकेको छैन । केन्द्रका निर्देशक डा. बासुदेव पाण्डेले अहिलेसम्मको प्रगति विवरण अत्यन्तै निराशाजनक देखिए पनि अव सुधार हुने बताए ।

‘यस केन्द्रमा म आएको पनि भर्खरै हो । मलाई यस्तो होला भन्ने थाह नै थिएन । तर कतिपय कुराहरु प्रक्रियागत त्रुटिले पनि अघि बढ्न नसकेको पाइयो । कतिपय सरकारी प्रक्रियामा हुने ढिला सुस्तीले हुन सक्छ । तर अव ती सबैलाई सच्याएर अघि बढ्नुको विकल्प छैन,’  डा. पाण्डेले भने ।

सरकारले केन्द्रका लागि यसपटक ७८ करोड बजेट उपलव्ध गराएको थियो । त्यमध्ये बस्तुगत सहायता अन्तरर्गत ४० करोड रुपैयाँ छ । त्यसमा ग्लोबल फण्डबाट खरीद हुँदै आएको औषधिका लागि १४ करोड तथा टीआई कार्यक्रमको लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ । ग्लोबल फण्डबाट खरीद हुँदै आएको औषधि यसपटक सरकार आफैले खरीद गर्ने योजना रहेको पाण्डेले बताए ।

डा. पाण्डे आउनु अघि केन्द्रको जिम्मेबारी करीब एक महिना डा विकास लामिछानेलाई दिइएको थियो । उनले बाल स्वास्थ्य महाशाखा र केन्द्रको जिम्मेबारी सम्हालेका थिए । त्यसअघि केन्द्रमा डा. तरुण पौडेल निर्देशक थिए ।

निवृत्त हुनु तीन दिन अघि १२ औँ तहमा बढुवा भएका डा पौडेलले लक्ष्य अनुसार काम अघि बढाउन नसकेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “एड्स रोग नियन्त्रण केन्द्रले आधा बर्षमा गरेको प्रगति २ प्रतिशत !

  1. This news is not based on the actual/correct fact. The expenses status, budget for procurement mentioned in the news is not actual and realistic.

Leave a Reply

Your email address will not be published. Required fields are marked *