गैँडाकोट बस दुर्घटनाका ३७ घाइतेको उपचार पुरानो मेडिकल कलेजमा

चितवन, ९ माघ । गैँडाकोट बस दुर्घटनाका ३७ घाइतेको  उपचार  चितवनस्थित पुरानो मेडिकल कलेज ( कलेज अफ मेडिकल साइन्सेज) शिक्षण असपतालमा भईरहेको छ ।

सुर्खेतबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ५ ख ८७३ नम्बरको बस सोमबार विहान करीब ५ बजे गैँडाकोटको भैँसाखोरीमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी ३८ जना घाइते भएका थिए । अस्पताल प्रशासनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । बाँकी अवस्था सामान्य छ ।

घाईतेहरुमा जिल्ला अच्छामका ६५ वर्षिय तुला विष्ट, दैलेखका वर्ष २० का धर्मराज रोकाया, जिल्ला कालिकोटका ३७ वर्षिय देव बहादुर शाही, जिल्ला अच्छामका ५८ वर्षिय धन बहादुर विष्ट, बर्दियाका ४६ वर्षिय टिकाराम जैसी, सुर्खेतका वर्ष ३० का मनोज श्रेष्ठ (अवस्था गम्भीर) रहेका छन् ।

यस्तै  सुर्खेतकै वर्ष ३० का केसर नेपाली, अच्छामको वर्ष २७ को पार्वती देवी विष्ट, सुर्खेतका १९ वर्षिय रमेश रोकाया, कालिकोटका वर्ष २३ का कमल चौँलागाईँ, सुर्खेतका वर्ष २३ का दिपक वि.क, जिल्ला सुर्खेत बस्ने ५० वर्षिय दुर्गा बहादुर शाहा, कालिकोट जिल्ला बस्ने वर्ष ३० को मणिराम पाण्डे,  सुर्खेत बस्ने वर्ष ३८ को सीताराम पुलामी,  दैलेख बस्ने वर्ष २५ को नागेन्द्र सिँजापति, जिल्ला अच्छाम बस्ने वर्ष २७ को पार्वती देवी, जिल्ला दैलेख बस्ने वर्ष २५ को नवीन शाही रहेका छन् ।

यस्तै  दैलेख बस्ने वर्ष २६ को राज बहादुर रोकाया, दैलेख बस्ने वर्ष १९ को आइत वि.क, दैलेख बस्ने वर्ष २२ को विमल रोकाया, जिल्ला अच्छाम बस्ने वर्ष ३५ को लक्ष्मी शाही, जिल्ला अच्छाम बस्ने वर्ष २८ को हिकमत बहादुर शाही, जिल्ला मुगु बस्ने वर्ष ७ को पेम्बा लामा, जिल्ला मुगु बस्ने वर्ष ९ को काशी लामा, जिल्ला मुगु बस्ने वर्ष २८ को ज्ञानजो लामा, जिल्ला कालिकोट बस्ने वर्ष ५० को गोविन्द चौँलागाईँ, जिल्ला बर्दिया बस्ने वर्ष ४५ को कुल बहादुर बुढाथोकी, रहेका छन् । 

सुर्खेत बस्ने वर्ष १७ को चन्द्र बहादुर शाही, जिल्ला दैलेख बस्ने वर्ष २५ की साबित्रा वि.क, जिल्ला दैलेख बस्ने वर्ष २० को किशोर श्रेष्ठ, जिल्ला कालिकोट बस्ने वर्ष १९ को कमल विष्ट, जिल्ला सुर्खेत बस्ने वर्ष १८ को राम परियार, जिल्ला सुर्खेत बस्ने वर्ष १८ को मनोज परियार, जिल्ला सुर्खेत बस्ने वर्ष २१ को कृष्ण चौधरी, जिल्ला सुर्खेत बस्ने वर्ष २४ को हिकमत बहादुर नेपाली, जिल्ला सुर्खेत बस्ने वर्ष ३५ को ईन्द्र बहादुर क्षेत्री र जिल्ला सुर्खेत बस्ने वर्ष १८ को ओम बहादुर क्षेत्री रहेका छन् ।

काठमाडौँ बाहिरको सुविधा सम्पन्न पहिलो ट्रमा सेन्टर भनेर दावी गर्ने अस्पतालले मास नेपालकै सबैभन्दा बढी विशेषज्ञ डाक्टरहरु कार्यरत, काठमाडौँ बाहिरको एक मात्र ३ टेस्ला क्याजुल्टीको सहज व्यवस्थापन सहितको उपचार गर्ने गरेको बताउँछ ।
आफूकँहा एमआरआई, १६० स्लाइस क्षमताको सिटिस्क्यान, युएसजी भेन्टिलेटर लगायतका उपकरणका कारण उपचार सेवामा सहजता भएको कलेजका वरिष्ठ बजार प्रबन्धक दुर्गा प्रसाद न्यौपानेले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *