त्रिवि शिक्षण अस्पतालमा डा. गोविन्द केसीको अनसन निरन्तर
काठमाडौँ, २७ पुस । सर्बोच्चको साधारण तारेखमा रिहा भएका डा गोविन्द केसीले अनसनलाई निरन्तरता दिने भएका छन् । अदालतबाट रिहा भई हिजो अपरान्ह त्रिवि शिक्षण अस्पताल आएका केसीले आफ्नो पूर्ववत अनसनलाई जारी राख्ने भएका हुन् ।
उनले अदालतको छानवीनमा परेका प्रधानन्यायधीश गोपाल पराजुलीको राजिनामा, तत्काल चिकित्सा शिक्षा आयोग गठन सहितका अन्य पाँच बुदे माग पुरा नहुँदासम्म अनसन जारी राख्ने बताएका छन् ।
सर्बोच्चले प्रधानन्यायधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र मगाएपछि आन्दोलन स्थगित हुन्छ कि भन्ने अडकल थियो । सोही विषयमा डा केसीले आज विहान आफ्ना निकटस्थसंग छलफल गरेका थिए ।
‘नयाँ परिस्थिति पछि अनसन स्थगित गर्ने कि भन्ने विषयमा छलफल थियो तर राजिना सहितका अन्य माग पुरा नहुँदासम्मका लागि अनसन जारी राख्छु भन्नु भयो,’ डा केसीका सहयोगी अभिशेकराज सिंहले भने ।
सर्बोच्चले चार बर्ष अघिको मुद्धाको फैसला गर्दै आइतवार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीनमा डा शशी शर्मालाई पुनर्ववहालीको आदेश दिएपछि डा केसी गत सोमबारबाट अनसन बसेका थिए ।
उनले पुर्नवहाली गर्ने गर्ने निर्णय गर्ने प्रधानन्यायधीश पराजुलीको राजिनामा सहित अन्य ५ बुँदे माग अघि सारी आन्दोलन गरेका हुन् ।
सम्पर्क इमेल : [email protected]