अध्ययन् भन्छ, ‘सामाजिक सञ्जालको अति प्रयोग स्वास्थ्यका लागि खतरा’
बीबीसी, २५ पुस । विश्वका करिब ४० प्रतिशत जनसंख्या सामाजिक संजालको प्रयोग गर्छन । प्रयोगकर्तामध्ये हरेकले प्रत्येक दिन करीब २ घण्टा त्यहि सामाजिक सञ्जालमा पोस्ट, अपडेट, लाइक, कमेन्ट र सेयर गरेर विताउने गर्दछन् ।
यसरी सामाजिक सञ्जालमा विताउँदा हामीले हाम्रो स्वास्थ्य प्रति ख्याल गरेका छौँ कि छैनौँ ? कि हामी समयको मात्रै कुरा गरिरहेका छौँ ?आउनुस हेरौँ यस विषयमा गरिएको अध्ययन प्रतिवेदनले के भन्छ ?
मानसिक तनाव : सन् २०१५ मा करिब १८०० व्यक्ति मा गरिएको अध्ययनअनुसार सामाजिक सञ्जालको नियमित प्रयोगबाट तनाव कम हुनुको सट्टा बढ्ने देखिएको छ । सो अध्ययनले सामाजिक संजालको प्रयोगबाट पुरुषमा भन्दा महिलामा बढी तनाब बढ्ने देखिएको स्पष्ट पारेको छ ।
भावना र मानसिक अवस्था : सन् २०१४ मा अष्ट्रियामा गरिएको अनुसन्धानले इन्टरनेटमा उपलब्धि जनक काम गर्ने व्यक्तिको तुलनामा फेसबुक मा २० मिन समय खर्च गर्ने व्यक्तिको मानसिक अवस्था कम्जोर हुने देखाएको थियो । सामाजिक सञ्जालमा एक व्यक्तिले पोस्ट गरेको खराब र दुखद पोस्टले सो पोस्ट हेर्ने अरु व्यक्तिको मानसिक अवस्थामा पनि नकारात्मक असर पार्ने अध्ययनकर्ताहरु बताउँछन् ।
चिन्ता : अध्यय्नकर्ताहरुले सामाजिक सञ्जालको प्रयोग पश्चातको मानसिक अवस्था परीक्षण गर्दा थाकेको, चिन्ता, निद्रा नपर्ने, काममा केन्द्रीत हुन नसक्ने आदि लक्षणहरु पाइएको बताएका छन् । ‘जर्नल कम्प्युटर्स एण्ड ह्युमन विहेवियर’मा प्रकासित एक अध्ययन प्रतिवेदन अनुसार सात भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्तिहरु दुईवटा सामाजिक संजाल प्रयोग गर्ने भन्दा ३ गुना बढी चिन्तित हुन सक्ने देखिएको छ ।
डिप्रेसन : सामजिक सञ्जालको अति प्रयोगले डिप्रेसन हुन सक्ने सम्भावना बढी रहेको पाइएको छ । अनलाइनका विभिन्न माध्यमबाट कुराकानी गरिरहँदा प्रयोग हुने नकारात्मक शव्द, भाबना, तस्बिर आदि डिप्रेसनको कारक रहने अध्ययनकर्ताहरु बताउँछन । यद्धपी सामाजिक सञ्जाल डिप्रेसनको उपचारको लागि पनि प्रयोग गर्न सकिने र यो विषयमा थप अध्ययन भईरहेको विशेषज्ञहरु बताउँछन ।
निन्द्रा : मोबाइल कम्पुटर आदिबाट निस्कने निलो प्रकाशले मेलाटोनिन हर्मोनको उत्पादन कम गराउँछ । यसको कारण निन्द्रा कम हुने समस्या देखिन्छ ।
लत/दुर्व्यसन : सामाजिक सञ्जालको प्रयोगको लत रक्सी चुरोट तथा अन्य दुर्व्यसन जस्तै हुने बताइएको छ । सामाजिक सञ्जालको लतमा परिसकेपछि व्यक्तिगत जीवन देखि अध्ययन, पारिवारिक सम्बन्ध, दैनिक कामकाज, मानसिक, शारीरिक तन्दुरुस्ती आदिमा नकारात्मक असर पर्ने हुन्छ ।
एक्लोपना : १९ देखि ३२ उमेर समूहका ७ हजार व्यक्तिहरुमा गरिएको एक अध्ययन्ले सामाजिक सञ्जालमा धेरै समय विताउने मानिसमा एक्लोपनाको महसुस हुने खतरा दुई गुणा बढी हुने देखाएको छ ।
सम्पर्क इमेल : [email protected]