डा. केसीलाई अदालत लगियो, समर्थकद्धारा माइतीघरमा प्रदर्शन


काठमाडौँ, २५ पुस । सिंहदरबार प्रहरीबृत्तमा राखिएका डा. गोविन्द केसीलाई सर्बोच्च अदालत लगिएको छ । केही समय अघि प्रहरीले कडा सुरक्षाबीच अदालत पुरयाइएको हो । अदालत लैजादै गर्दा डा केसीले आफ्नो लडाई भ्रष्टहरुको विरुद्ध भएको भन्दै त्यसमा आफू नडराउने प्रतिक्रिया दिएका थिए । 

अदालतको अवहेलना गरेको भन्दै सर्बोच्चले आज विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो । प्रहरीले सोही आदेश मानेको भन्दै डा केसीलाई हिजो बेलुका ८ बजे नै नियन्त्रणमा लिएको थियो ।

सो को विरोधमा डा केसीका समर्थकहरुले अहिले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *