प्रहरी हिरासतमा रहेका डा. केसीलाई भेटे नेता डा. बाबुरामले
काठमाडौँ, २५ पुस । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रहरी नियन्त्रणमा रहेका डा. गोविन्द केसीसंग भेट गरेका छन् । भट्टराईले अघि विहान ८ बजे सिंहदरबार प्रहरीबृत्तमा पुगेर डा. केसीसंग भेट गरेका हुन् ।
सो क्रममा डा. भट्टराईले डा. केसीलाई अभियानमा एकेबद्धता जनाउन आएको भन्दै अन्तिमसम्म आफ्नो साथ रहने प्रतिवद्धता जनाएको डा. भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जनाएका छन् ।
भट्टराई डा. केसीलाई भेटे पछि माइतीघरस्थत प्रदर्शन स्थलतर्फ लागेका छन् । डा. केसीका समर्थकले आज विहान ८ बजे देखि माइतीघरमा पक्राउ विरुद्ध प्रदर्शनको आवहान गरेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]