स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनी
काठमाडौँ, २० पुस । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेबारी डा. गुणराज लोहनीलाई दिएको छ । स्वास्थ्य मन्त्री दीपक बोहराले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. लोहनीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । उनको कार्यकाल अर्को व्यवस्था नहुँदासम्मको लागि तोकिएको छ ।
यसअघि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमा कार्यकारी निर्देशक रहेका डा. लोहनीले गत १३ पुसमा पदबाट राजिनामा दिएका थिए । स्वास्थ्य बीमा ऐन कार्यान्वनयमा आउँनासाथ समितिको अस्तित्व समाप्त भएको थियो ।
बाईसवटा जिल्लामा कार्यक्रम सुरु भईसकेको र थप तीन जिल्लामा कार्यक्रम सुरु हुने तयारी रहेकै बेला कार्यकारी डा लोहनीले राजिनामा दिएपछि सरकारले बोर्डमा पुन लोहनीलाई लगेको हो ।
‘हिजोबाट काममा फर्किएको छु । अब पुन बीमाले तिब्रता पाउँछ । तत्काल भोजपुर खोटाग र रामेछापमा तत्काल यो कार्यक्रम शुरु हुन्छ,’ डा. लोहनीले छोटो प्रतिक्रिया दिए ।
सम्पर्क इमेल : [email protected]