नगरबासीको सुलभ स्वास्थ्यका लागि सरकारको बजेट २१ करोड

काठमाडौँ, २० पुस । सरकारले नगरबासीको सुलभ स्वास्थ्यका लागि २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगर, उपमहानगर र नगरपालिकामा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र स्थापना गरी त्यसमार्फत नगरबासीलाई स्वास्थ्य सेवा दिन यो बजेट विनियोजन गरेको हो । तर आर्थिक बर्षको छ महिना वितिसक्दाको अवस्थामा यसको कार्यान्वनय त्यति प्रभावकारी देखिइसकेको छैन ।

स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य पुर्नजागरण महाशाखाले यसबर्ष काठमाडौँ महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका बाहेक अरु महानगर तथा उपमहानगर गरी १६ वटामा कम्तीमा एक एक वटा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र स्थापना गर्नु भन्दै १५ करोड ७२ लाख रुपैयाँ बजेट पठाएको छ । गत आर्थिक बर्ष देखि कार्यक्रम शुरु भएको काठमाडौँ महानगरपालिकाका ११ स्थान र बुढानिलकण्ठ नगरपालिकाका २ स्थानका लागि क्रमश ४ करोड चालिस लाख र ८८ लाख बजेट छुट्याइएको छ ।

विशेषगरी शहरी क्षेत्रका बासिन्दालाई सरकारले उपलव्ध गराएका निशुल्क स्वास्थ्य कार्यक्रम, नियमित स्वास्थ्य कार्यक्रम र स्वास्थ्य सचेतनाका कार्यक्रम अघि बढाउने गरी यो कार्यक्रम अघि सारिएको हो । तर उपत्यकामा यो कार्यक्रमले अहिलेसम्म विश्वास जित्न सकेको छैन ।

पुर्नजागरण महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले गतवर्ष काठमाडौँमा शुरु गरिएको कार्यक्रम यसपटक बाँकी महानगरपालिका र उपमहानगरपालिकामा शुरु गरिएको बताए ।

उनले यसपटक शुरु गरिएको महानगर तथा उपमहानगरपालिका प्रत्येकलाई ९८ लाख २५ हजारको दरले बजेट उपलव्ध गराइएको बताए । उनले अहिले महाशाखाले हरेक महानगर तथा उपमहानगरपालिकामा गएर केन्द्रको अवधारणा तथा बजेट परिचालको बारेमा प्रशिक्षण दिइरहेको जानकारी दिए ।

यसपटक शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र खोलिएका महानगर तथा उपमहानगरपालिकाहरु

महानगरपालिकाहरु :  ललितपुर, पोखरा लेखनाथ, भरतपुर, बीरगञ्ज र बिराटनगर

उपमहानगरपालिकाहरु : धनगढी, नेपालगञ्ज, घोराही, तुल्सीपुर, बुटवल, हेटौडा, इटहरी, धरान, जनकपुर, कलैया, जितपुर सिमरा

महानगरपालिका तथा उपमहानगरपालिका हरेकलाई शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्र स्थापना गर्न ९८ लाख २५ हजारको दरले बजेट उपलव्ध भएको छ ।

काठमाडौँ महानगरपालिकाका ११ स्थान र बुढानिलकण्ठ नगरपालिकाको २ स्थानमा भने गतवर्ष देखिनै यो कार्यक्रम सञ्चाल भएको छ । काठमाडौँ महानगरका लागि यसपटक ४ करोड ४० लाख र बुढानिलकण्ठका लागि ८८ लाख बजेट छ ।

यी शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले उपलव्ध गराउने दश प्रकारका सेवा :

  • बहिरंग सेवा
  • मातृ तथा शिशु स्वास्थ्य सेवा
  • सरुवा रोगको रोकथाम तथा उपचार सेवा
  • नसर्ने रोग र स्वस्थ जीवनशैलीगत सेवाहरु
  • आयुर्वेद र परम्परागत औषधोपचार
  • जनस्वास्थ्य अनुगमन तथा निगरानी
  • स्वस्थ बाताबरण प्रबद्र्धन
  • महामारी तथा विपद व्यवस्थापन
  • जेष्ठ नागरिक स्वास्थ्य समस्या (जेरियाट्रिक) र उपचार सेवा
  • प्रेषण (रेफरल) सेवा

शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा कति चाहिन्छ जनशक्ति ?
मेडिकल अधिकृत १, जनस्वास्थ्य अधिकृत १ बाताबरणीय स्वास्थ्यका लागि स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, बजार अनुगमनका लागि हेल्थ असिस्टेन्ट १, स्वास्थ्य प्रबर्धकको रुपमा १ जना नर्स, एक जना ल्याव असिस्टेन्ट, मातृ तथा शिशु स्वास्थ्यका लागि एक जना स्टाफ नर्स, क्लिनिक योग जीवन पद्धतीका लागि योग प्रशिक्षक र प्रशासन र कार्यलय सहयोगीको रुपमा दुई जना अप्राविधिक कर्मचारी रहन्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *