मिर्गौला रोगी पत्रकार पकुवाललाई बैंकको सहयोग

दमक, १९ पुस । दुवै मिर्गौला बिग्रिएर उपचार गराई रहेकी झापा, भद्रपुरकी पत्रकार माया पकुवाललाई यहाँको कन्काई विकास बैंकले सहयोग गरेको छ ।

बैंकले आज आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार पकुवालको उपचारका लागि रु १५ हजार एक सहयोग उपलब्ध गराएको हो ।

सो सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान ब्रजाचार्यले नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरे । उनीआफैँले पनि बिरामी पत्रकार पकुवालको उपचारका लागि थप रु पाँच हजार सहयोग गरेका थिए।

पन्ध्र वर्षदेखि झापामा रहेर पत्रकारिता गर्दै आएकी ४६ वर्षीया पकुवालको मिर्गौलामा गत वैशाखदेखि समस्या देखिएको उनका श्रीमान् सञ्जय श्रेष्ठले बताए ।

हाल काठमाडौँको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत उनी भद्रपुरबाट प्रकाशित हुने बरुण साप्ताहिकको सम्पादक हुन् । भक्तपुरमा उपचाररत पकुवालको मिर्गौला प्रत्यारोपणका लागि सहयोग जुटाउन जिल्लाका सहकर्मी पत्रकारले एक अभियान सञ्चालन गर्दै आएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *