रक्तादाताहरुको सञ्जाल निर्माण गर्दै स्वयंसेवी रक्तदाता समाज

काठमाडौँ, १९ पुस । स्वयंसेवी रक्तदाता समाजले स्वयंसेवी रक्तदाताहरुको सञ्जाल निर्माणमा तिव्रता दिको छ । रगतको महत्त्व र रक्तदानको आवश्यकता बारे स्थानीय स्तरमा जनचेतना फैलाऊँदै युवायुवतीहरूलाई रक्तदान कार्यक्रममा आबद्ध समाजले सञ्जाल निर्माण शुरु गरेको हो ।

सञ्जाल निर्माणको क्रममा पछिल्लो पटक समाजले एभरेष्ट ग्रुप डीएक्सएन इकाई तदर्थ समिति गठन गरेको छ ।

समितिमा पुकार छन्त्याललाई संयोजक बनाइएको छ । जसमा उपाध्यक्ष भिमसेन बस्नेत सचिव रेश्मा लामिछाने र कोषाध्यक्ष डिल्ली कुमार राई छनौट भएका छन् । सदस्यहरूमा क्रमशः पहल सिङ्ग रावल,नीर बहादुर मगर र राजु लामा रहनु रहेका छन् ।

स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतित्थयमा सम्पन्न उक्त कार्यक्रममा नव नियुक्त पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण समेत गराईएको थियो ।

सो अवसरमा बोल्दै समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले उमेर पुगेका स्वस्थ मानिसले रक्तदान गर्न हिच्किचाउनु नपर्ने बताए । रक्तदान जीवनदान हो भन्दै उनले यसले मानिसलाई स्वयंसेवी भावनाको समेत विकास गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *