स्वास्थ्य बीमाको जिम्मेबारी डा. लोहनीलाई नै दिइने

काठमाडौँ, १८ पुस । सरकारले अर्को व्यवस्था नभएसम्मका लागि सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा)को कार्यकारी निर्देशक जिम्मेबारी डा. गुणराज लोहनीलाई नै दिने भएको छ । डा. लोहनीले समितिको कार्यकारी निर्देशकबाट गत १३ पुसमा राजिनामा दिएका थिए ।

‘अहिलेका लागि डा. लोहनी बाहेक अर्को व्यक्ति उपयुक्त छैन् र नयाँ नियुक्तिको सम्भव पनि छैन । तर कार्यकारी निर्देशक नहुँदा चलिरहेका स्वास्थ्य बीमा कार्यक्रम र शुरु हुने क्रममा रहेका बीमा कार्यक्रममा अप्ठेरो पैदा हुने भयो । त्यसैले अहिले उहाँलाई नै पुरानो भूमिकामा फर्कने गरी टिप्पणी उठिसकेको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

सो सम्वन्धि निर्णयका लागि चिकित्सा सेवा महाशाखाबाट उठाइएको टिप्पणी स्वास्थ्य सचिव डा.  पुष्पा चौधरी टिप्पणी सदर गरिसकेकी छन् । ‘सोमबार मन्त्री नभएका कारण स्विकृति हुन बाँकी छ । सम्भवत आज हुन्छ,’ स्रोतले भन्यो ।

लामो समय देखि सञ्चालनमा आउन नसकेको स्वास्थ्य बीमा कार्यक्रमलाई डा. लोहनीले नेतृत्व लिनासाथ सञ्चालनमा ल्याएका थिए । उनी २०७२ फागुनमा कार्यकारी निर्देशक भएपछि २५ चैत २०७२ बाट बीमा कार्यक्रम सञ्चालनमा ल्याएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *