‘संघीय संरचनामा स्वास्थ्यको कार्यदिशा के हुने ?’ एनडीएले गर्यो बृहत अन्तरक्रिया
काठमाडौँ, १५ पुस । देश संघीय संरचनामा प्रवेश गरिसकेको छ तर स्वास्थ्यको व्यवस्थापन कसरी हुन्छ भन्ने अहिले पनि अन्योल छ । संघीय संरचना तयार गर्न काम गरेका केही निकाय तथा स्वास्थ्य मन्त्रालयले यसबारेमा खाका त बनाएको छ तर त्यसको पनि अन्तिम टुंगो लागि सकेको छैन ।
यसै सन्दर्भलाई ध्यानमा राखेर एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ (एनडीए)ले आज बृहत अन्तरक्रिया कार्यक्रम राखेको छ ।संघीय नेपालमा स्वास्थ्यको कार्यदिशा नामक विचार गोष्टीमा विभिन्न चारवटा विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
जनस्वास्थ्य विज्ञ महेन्द्र श्रेष्ठले संघीयतामा संरचना कस्तो हुने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै संघीय संरचनामा मेडिकल शिक्षा कसरी व्यवस्थापन गनेृ विषयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान( न्याम्स)का उपकुलपति प्राडा गणेश गुरुङ, मेडिकल शिक्षाको नियमन तथो मेडिकल काउन्सिलको भूमिकाका बारेमा पूर्व उपाध्यक्ष प्राडा शशि शर्मा र स्वास्थ्य बीमा बारेमा बरिष्ठ चिकित्सक डा गुणराज लोहनीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
‘मुलुक संघीयतामा प्रवेश गरिसक्यो तर स्वास्थ्यको विषय र संरचनाको बारेमा अझै पनि अन्योल छ । सम्वन्धीत निकायले ठोस धारणा दिई सकेको छैन । र स्वास्थ्यको विषय अरु निकाय जस्तो हलुका पनि भएन । यसैले हामीले पनि केही इन्पुट दिउँ भनेर यो कार्यक्रम आयोजना गरेका हौँ ,’ एनडीएका अध्यक्ष डा. सन्तोष पौडेलले भने ।
उपाध्यक्ष डा. रविन खड्काले नयाँ संरचनामा स्वास्थ्यमा सबैको पहुँच कसरी पुरयाउन सकिन्छ भन्ने बारेमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।
एमाले महासचिव इश्वर पोखरेल प्रमुख अतिथि बनेको कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, पूर्व स्वास्थ्य राज्यमन्त्री बंशीधर मिश्र, एमाले स्वास्थ्य विभाग प्रमुख सुजाता शाक्य लगायतले नयाँ संरचनामा स्वास्थ्यको कार्यदिशाका बारेमा धारणा राखेका थिए ।
एनडीए महासचिव डा. रमेश ढकालले विज्ञहरुद्धारा प्रस्तुत विषय र अन्य सहभागीहरुदिएको सुझाव समेटर नयाँ बन्ने सरकारलाई पेश गर्ने बताए । ‘यसले नयाँ सरकारका लागि स्वास्थ्यको कार्यदिशा कस्तो लिने भन्ने बारेमा सहजता हुन्छ,’ उनले भने ।
कार्यक्रममा देशभरबाट आएका पाँच सय बढी चिकित्सकहरुको सहभागिता थियो ।
सम्पर्क इमेल : [email protected]