स्वास्थ्यका चारवटा निकायका निर्देशक फेरिए ( को – कहाँ ?)
काठमाडौँ, १३ पुस । स्वास्थ्य मन्त्रालय अन्तरगर्तका विभिन्न चारवटा निकायका प्रमुखहरुको पदस्थापन तथा सरुवा भएको छ ।
स्वास्थ्य मन्त्री दीपक बोहराले रिक्त रहेका चार स्थानमा एघारौँ तहका चार जना डाक्टरलाई जिम्मेबारी दिएका हुन् ।
मन्त्रालयका उपसचिव बाबुराम खनालका अनुसार रिक्त रहेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाको निर्देशकमा डा विकास देवकोटालाई लगिएको छ ।
सो महाशाखाको निर्देशक डा नरेशप्रताप केसी दुई साता अघि अवकाश पाएका थिए ।
यस्तै राष्टिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा बासुदेव पाण्डेलाई ल्याइएको छ । पाण्डे मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक थिए । मध्यमाञ्चल क्षेत्रीय निर्देशकमा सिन्धुली अस्पतालका चिकित्सक डा मदन उपाध्यायलाई पठाइएको छ ।
यस्तै मन्त्रालयले सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा डा अनुज भट्टचनलाई पठाएको छ । खुल्ला प्रतिप्रर्धाबाट एघारौँ तहमा बढुवा भएका भट्टचनको सुपमा पदस्थापन गरिएको हो । सुपका निर्देशक डा सुशील प्याकुरेल १२ औँ तहमा बढुवा भएपछि मन्त्रालय आएका छन् ।
सम्पर्क इमेल : [email protected]