पुरानो मेडिकल कलेजको सहयोगमा कालिका माविमा नि:शुल्क स्वास्थ्य शिविर

नवलपुर (कावासोती) १३ पुस । पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा कालिका मावि विशालटारमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको छ । विद्यालयको ३३ औं वार्षिकोत्सवको अबसरमा सञ्चालन गरिएको शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुको निशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।

शिविरका लागि मेडिकल कलेजले प्राविधिक सहयोग उपलव्ध गराएको थियो । कलेजका बरिष्ठ बजार प्रवन्धक दुर्गा न्यौपानेका अनुसार शिविरका लागि कलेजबाट पाँच जना विशेषज्ञ सहित १८ जनाको स्वास्थ्य प्राविधिकहरुको टोली खटिएको थियो ।

उता स्थानीय दुम्कौंली स्वास्थ्य चौंकीले पनि प्राविधिक सहयोग उपलब्ध गराएको विद्यालयका प्रधानध्यापक रेशम कोईरालाले जानकारी बताए । बिहीबारसम्म चल्ने शिविरमा नाक कान घाटी, बालरोग, कम्युनिटि मेडिसिन, दन्तरोग र जनरल फिजिसियन लगायतका विशेषज्ञहरुले स्वास्थ्य जाँच गरेका थिए ।

शिविरमा पुरानो मेडिकल कलेजबाट आएका कम्युनिटि मेडिसिन बिषेषज्ञ डा. दिपेन्द्र खतिवडा, जनरल फिजिसियन डा अजय गौतम , बालरोग बिशेषज्ञ डा. मनोज कौशल, नाक कान घाटी रोग बिषेषज्ञ डा विवेक शर्मा र डेण्टल सर्जन डा. अस्मिता पौंडेल सहितको प्राविधक समुह रहेको थियो ।

कलेजका बजार प्रवन्धक न्यौपानलेले कलेजको समाजिक उत्तरदायित्व अन्तरगर्त गाँउ गाँउमा पुगेर स्वास्थ्य शिविरि राखिएको बताए । उनले उहाले आगामी दिनमा गैंडाकोट, देबचुली, कावासोती लगायतका स्थानमा पनि निशुःल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिए ।

विद्यालयमा चलेको स्वास्थ्य शिविरको देबचुली नगरपालिका वाड नम्बर ९ का वडा अध्यक्ष मेखबहादुर सारुले उद्घाटन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चलचित्रकर्मी मौंसमी मल्लको समेत उपस्थिित रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *