स्वास्थ्य सचिव डा. पुष्पा चौधरी
काठमाडौँ, १३ पुस । स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरी स्वास्थ्य सचिव भएकी छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले डा चौधरीलाई सचिव बनाउने निर्णय गरेको हो ।
प्रमुख विशेषज्ञ चौधरी बरिष्ठताको आधारमा एक नम्बरमा थिइन । गत १८ मंसिरमा डा किरण रेग्मीले अवकाश पाएपछि उनले नै निमित्त सचिवको कार्यभार सम्हालेकी थिइन ।
विसं २०४८ सालमा आठौं तहबाट सरकारी सेवामा प्रवेश गरेकी चौधरी ०६२ सालमा ११औं तहमा र गत असार ८ गते उनी १२ औं तहमा बढुवा भएकी थिइन्।
त्यसअघि उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक, परिवार स्वास्थ्य महाशाखाकी निर्देशक र प्रसूतिगृह अस्पतालको निर्देशकको जिम्मेबारी सम्हालेकी थिइन ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]