सडकमा बेचिने चटपटे र पानीपुरीमा प्रतिवन्ध लगाउँदै पोखरा लेखनाथ महानगरपालिका

पोखरा, १३ पुस । स्वादका लागि प्रयोग गरिएका कतिपय पदार्थहरु मानव स्वास्थ्यलाई हानी हुने खालका रहेको भन्दै पोखरा लेखनाथ महानगरपालिकाले सडक पेटीमा बेचिने चटपटे तथा पानीपुरीमा रोक लगाउने तयारी गरेको छ । महानगरपालिकाले सवारी सडक छेउमा राखिएका खुल्ला मम पसलहरुलाई व्यवस्थित गर्न वा बन्द गर्न निर्देशन दिने भएको छ ।

महानगरपालिकाका प्रमुख मानवहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमल्सेनाले सो सम्वन्धमा नीतिगत व्यवस्था गर्न लागिएको बताए । ‘चटपटे र पानीपुरीमा स्वादका लागि भनेर मिसाइने र प्रयोगहुने कतिपय पदार्थहरु मानव स्वास्थ्यका लागि निकै हानिकारक समेत छन भन्ने रिपोर्ट आएको छ । स्वास्थ्यलाई हानी हुने किसिमका यस्ता खाद्य पदार्थ विक्री गर्न पाइदैन भन्ने महानगरको धारणा हो । यस सम्वन्धमा हामीले नीति बनाउँदै छौँ ,’  तिमल्सेनाले भने ।

उनले सडक छेउमा व्यवस्थित नगरी बेच्ने मम, चाउमिन जस्ता खाद्य पदार्थहरुलाई व्यवस्थित गर्न वा बन्द गर्न निर्देशन दिने तयारी समेत भएको बताए । ‘सडक छेउमा खुल्ला रुपमा राखिएका त्यस्ता पदार्थहरुमा धुवा धुलोले अखाद्य बन्छ, त्यसैले हामीले त्यस्ता व्यापारीलाई पनि ध्यानाकर्षण गराउँदै छौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *