नेपाल औषधि लिमिटेड सिटामोल उत्पादनको अन्तिम चरणमा
काठमाडौँ, ११ पुस । औषधि उत्पादन गर्ने सरकारी संस्था नेपाल औषधि लिमिटेडले आउँदो माघको दोस्रो साता देखि सिटामोल उत्पादन गरि बजार पठाउने भएको छ । अहिलेसम्म कम्पनीले जीवनजल, ग्लिसिरिन तथा डिस्टिल वाटर उत्पादन गरी विक्रि वितरण गर्दै आएको छ ।
कम्पनी सचिव टीकाराम अर्यालले सिटामोल उत्पादन गरी विक्री वितरण गर्नको लागि ९० प्रतिशत काम पुरा भईसकेको भन्दै मागको दोस्रो साता देखि बजार पठाउने गरी उत्पादन शुरु हुने बताए ।
कम्पनीद्धारा आज आयोजित पत्रकार सम्मेलनमा सचिव अर्यालले पछिल्लो एक बर्षमा भएका कामहरुको बारेमा फेहरिस्त प्रस्तुत गरेका थिए । सो क्रममा उनले आगामी एक बर्ष भित्र ग्लिसिरिन र डिस्टिलवाटरको उत्पादन १५५ प्रतिशतले बृद्धि हुने समेत दावी गरे ।
२०२९ सालमा स्थापना भई २०६० सालसम्म १२० प्रकारका औषधि उत्पादन गर्दै आएको यस कम्पनीले विश्व स्वास्थ्य संगठनको ‘गुड म्यान्युफेक्चर प्राक्टिस ( जीएमपी)’ पुरा गर्न नसकी २०६७ साल देखि बन्द भएको थियो ।
सरकारले बन्द उद्योगलाई पुन सञ्चालनमा ल्याउनका लागि गत पुस १० गते डा रोबसकुसुम सुवेदीलाई महाप्रवन्धकमा नियुक्त गरेको थियो । त्यसयता कम्पनीले पुन आफ्नो उत्पादन पक्रिया सुचारु गर्दै लगेको छ ।
कम्पनीसचिव अर्यालले नेपाल यस आर्थिक वर्षदेखि आफ्नो खर्च आफै व्यहोर्न सक्ने अवस्थामा पुग्ने समेत दावी गरे ।
सम्पर्क इमेल : [email protected]