कान्ति बाल अस्पताल मासिक २० लाख घाटामा !

काठमाडौँ, ११ पुस । महाराजगञ्जस्थित कान्ति बाल अस्पताल मासिक २० लाख घाटामा देखिएको छ । जनशक्ति थपिएको, विरामीको संख्या घटेको र स्वास्थ्य मन्त्रालयले प्रतिवद्धता अनुरुप सहयोग नभएकोले घाटा भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. गणेश राईले जनशक्ति र सेवा थपिए पनि स्वास्थ्य मन्त्रालयबाट गरिएको प्रतिवद्धता अनुसार बजेट नआउँदा समस्या भएको बताए । उनले मासिक २० लाख घाटा हुँदा कर्मचारीलाई तलव खुवाउनै मुस्किल भएको प्रतिक्रिया दिए ।

‘आइसियू सञ्चालनका लागि भन्दै गतवर्ष बैशाखमा चिकित्सक तथा नर्स गरी ६५ जना जनशक्ति थपियो र त्यसको खर्च स्वास्थ्य मन्त्रालयबाट बेहोर्ने भन्दै एक करोड रुपैयाँ पनि दिइयो तर त्यसपछिका प्रतिवद्धता हरायो । न्युन मूल्यमा उपचार हुने र अधिकांश विरामीलाई छुटमा उपचार गर्नुपर्ने बाध्यताका बाबजुत अहिले विरामीको संख्यामा समेत कमी हुँदा अस्पताल पुरै घाटामा छ,’ डा राईले भने ।

डा राईले दोस्रो र तेस्रो बर्षका लागि पनि क्रमश एक एक करोड रुपैयाँ दिने लिखित प्रतिवद्धता भएपनि मन्त्रालयले अहिले सो फाइल नै हराएको जवाफ दिने गरेको डा राईले बताए ।

‘सम्झौँत ागर्ने बेलामा म निर्देशक भएको थिइन । म भन्दा अघिल्ला निर्देशकले सम्झौता गर्नु भएको हो रे । तर अहिले त्यो सम्झौता अनुसार काम भएको छैन । आम सर्वसाधारण विरामीको चाप हुने कान्तिमा उपचार एकदमै न्युनशुल्क र त्यसमा पनि छुट दिएर गर्नुपर्ने बाध्यता छ । यसले अस्पतालको खर्च धान्नै मुस्किल भएको छ,’ उनले भने ।

उनले तत्काल विकल्प नखोजे आइसियू सेवा नै बन्द हुने अवस्थामा रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *