अप्टोमेट्री एण्ड भिजवल साइन्स विषयमा स्नातक कार्यक्रम चलाउँदै न्याम्स

काठमाडौँ, १० पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा यसबर्ष देखि आँखा दृष्टिको बृहत जाँच तथा उपचार गर्ने सम्वन्धी अध्ययन  ‘अप्टोमेट्री एण्ड भिजवल साइन्स’ (स्नातक तह) को अध्ययन शुरु हुने भएको छ । गत शनिबार बसेको न्याम्स कार्यकारी परिषदको बैठकले नयाँ विषयमा अध्ययन शुरु गराउने निर्णय गरेको हो ।

न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले अप्टोमेट्री एण्ड भिजवल साइन्सको चार बर्षे व्याचलर प्रोग्राम शुरु गर्ने निर्णय भएको बताए । उनले यो कार्यक्रम अन्तरगतको ६ महिने बेसिक साइन्स भैरहवास्थित लुम्बिनी आँखा अस्पतालमा पढाउने र त्यसपछिको अध्ययन बिराटनगर आँखा अस्पताल, तिलगंगा अस्पताल काठमाडौँ, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौँ र लुम्बिनी आँखा अस्पताल भैरहवामा हुने बताए ।

यो कार्यक्रमको लागि सब्जेक्ट कमिटिले हरेक अस्पतालमा १० – १० जनाको दरले ४० जनाको भर्ना लिने निर्णय गरेको छ । यो अध्ययन गर्नका लागि आइएस्सी वा अप्थाल्मिक एसिस्टेन्ट अध्ययन पुरा गर्नुपर्ने छ ।

नेपालमा अहिलेसम्म त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले मात्रै यो विषयको अध्ययन गराउने गरेको छ । नेपालमा यसको माग बढी भएपनि अध्ययन गरेका धेरै जसो विदेसिएका कारण जनशक्ति अभाव रहेको बताइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

6 thoughts on “अप्टोमेट्री एण्ड भिजवल साइन्स विषयमा स्नातक कार्यक्रम चलाउँदै न्याम्स

  1. Dear Author!
    http://www.nepalihealth.com

    Optometry and vision science is not just limited to Chasma ko Power!
    Please check the background and rewrite.
    Birendra Mahat,
    Optometrist
    9843583364

    The news is true but the professionals from optomtery and Vision Sciences will have no tolerance towards your understanding.

  2. Dear sir, optometry and visual science is not just about measuring what speactacle power is. Kindly do the proper homework before publishing news for the public. No offences by the way.

  3. Dear Author,
    Optometry and visual science is not just about measuring what speactacle power is. Kindly do the proper homework before publishing news for the public. No offences by the way

  4. Dear Author,
    Before publishing any news/article please do proper knowledge collection.
    There are so many professional optometrist in Nepal ,so better you consult with them if you dont know about.
    Thank you

  5. कृपया कुनै पनि समाचार प्रेस गर्नु भन्दा पहिला त्यो बिसय मा राम्रो सङ बुझ्नु पर्छ optometry
    अर्थात दृष्टि विशेषज्ञ हो
    यस्लाइ eye physician पनि भन्न मिल्छ
    Optometry is a health care profession which involves examining the eyes and applicable visual systems for defects or abnormalities as well as the medical diagnosis and management of eye disease.

  6. Dear Author
    Dear sir, optometry and visual science is not just about the measuring what the spectacle power is. Kindly do the proper homework before publishing news for the public. No offences by the way.

Leave a Reply

Your email address will not be published. Required fields are marked *