विद्यालय र उद्योगमा कम्तीमा एक नर्स राख्ने नीति ल्याइदै

काठमाडौँ, ८ पुस । सरकारले हरेक विद्यालयहरुमा कम्तीमा एक जना नर्स अनिवार्य राख्नुपर्ने नीतिगत व्यवस्था मिलाउन लागेको छ । यस्तै ५० जना बढीले काम गर्ने कुनै पनि उद्योगमा कम्तिमा एक जना नर्स अनिवार्य हुनुपर्ने व्यवस्था मिलाउँदै छ ।

निर्णयका लागि मन्त्रिपरिषद बैठकमा पठाउन तयारी अवस्थामा रहेको राष्ट्रिय नर्सिङ र मिडवाइ फ्रि नीति २०७४ को मस्यौदामा यी कुरा उल्लेख गरिएको छ ।

‘सार्वजनिक र निजी साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी विद्यालय तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ स्वास्थ्य सेवा पुरयाउने राष्ट्रिय नीति अनुरुप प्राथमिक तथा माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स र उद्योगको सन्दर्भमा ५० जना कर्मचारी कार्यरत भएकोमा कम्तीमा एक जना नर्सको नीति व्यवहारिक रुपमा यथाशिघ्र अवलम्बन गरिनेछ,’ प्रस्तावित मस्यौदामा भनिएको छ ।

न्युनतम तलव सरकारी सरह ?
यसैगरी नयाँ नीतिको मस्यौदामा नर्स तथा मिडवाइफको तलवको विषयमा समेत सन्दर्भ उल्लेख गरिएको छ । सो मस्यौदामा, ‘निजी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा मिडवाइफ जनशक्तिको न्युनतम तलवमान र सुविधा नेपाल सरकार सरह हुनुपर्ने व्यवस्था लागु गरिनेछ,’ भनिएको छ ।

यी दुई व्यवस्था लागू भएको खण्डमा नर्सहरुको अहिले देखिएको बेरोगजारी र कम तलव पाउने समस्या तत्कालै समाधान हुने सरोकारवालाहरुले बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *