पहिलो चौमासिकमा चार अस्पतालको सत प्रतिशत उपलब्धि

काठमाडौँ, ४ पुस । चारवटा सरकारी अस्पताललले पहिलो चौमासिकमा लिएको लक्ष्यमा सतप्रतिशत सफलता पाएको जनाएको छ । त्यसरी सतप्रतिशत लक्ष्य हासिल गर्ने अस्पतालहरुमा बीर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, मनमोहन कार्डियोथोरासिक भास्कुलर एवं ट्रान्सप्लान्ट सेन्टर काठमाडौँ र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँ रहेका छन् ।

स्वास्थ्य मन्त्रालयमा आज भएको मन्त्रालय समस्या समाधान समितिको तयारी ( प्रि- एमड्याक)बैठकमा ती अस्पतालका निर्देशकहरुले पहिलो चौमासिकको लक्ष्यमा सतप्रतिशत सफलता पाएको बताएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय अन्तरगतका हरेक संस्थाहरुले हरेक चार चार महिनामा लिएका लक्ष्य अनुसार कामको कार्यान्वनयको अवस्था बारे जानकारी गराउन ‘एमड्याक’ बैठक बस्ने चलन छ ।आगामी शुक्रबार बस्ने एमड्याक बैठकको तयारी स्वरुप आज प्रि एमड्याक बैठक बसेको हो । 

प्रवक्ता डा. गिरीले सतप्रतिशत लक्ष्य हासिल गर्न नसकेका कार्यालयहरुले बजेट, मानव संसाधन, कानूनी झमेला कारक रहेको बताएका थिए । यो बैठकले लक्ष्य हासिलको प्रगति, लक्ष्य हासिलमा हुने कठिनाईका बारेमा जानकारी लिइने र समस्या समाधान गर्ने गर्दछ ।

राष्ट्रिय योजना आयोगको निर्देशन बमोजिम हरेक मन्त्रालयमा चौमासिक रुपमा एमड्याक बैठक बस्ने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *