सरकारी अस्पतालका छ जना स्टाफ नर्सलाई विशेष सजाय दिइदै

काठमाडौँ, ३ पुस । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले विना जानकारी लामो समय अनुपस्थित रहेको भन्दै ६ जना स्टाफ नर्सलाई विशेष सजायको प्रक्रिया अघि बढाएको छ । अस्पतालले आज प्रकाशित गरेको सूचनामा अन्जु काफ्ले, मिलिना रन्जित, अन्जु गुरुङ, संगीता गौतम र जमुना आचार्यलाई किन कारबाही नगर्ने भन्दै सार्वजनिक रुपमा सूचना जारी गरेको छ । अस्पतालले अढाई बर्ष अघि देखि अनुपस्थित रहेका अर्का स्टाफ नर्स सुजाता जिसी र रेडियोग्राफर रबिन पौडेललाई पनि ३५ दिन भित्र चित्तबुझ्दो जवाफ दिन भन्दै सूचना जारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *