शल्य चिकित्सक समाजको सम्मेलन आजदेखि पाल्पामा
पाल्पा, २९ मंसिर। नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलन तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाषमा आजदेखि शुरु हुँदैछ ।
भोलिसम्म चल्ने सम्मेलनमा नेपालभरका २०० भन्दा बढी शल्य चिकित्सकको सहभागिता रहनेछ । सम्मेलनमा शल्य चिकित्सा विधाअन्तर्गत रहेका जनरल सर्जरी, न्यूरो सर्जरी, ग्यास्ट्रो सर्जरी र युरोलोजी सेवा आदि विषयमा ३२ वटा आमन्त्रित प्रवचन, ११ वटा अवार्ड पेपर, ३६ वटा प्रिपेपर र १६ वटा पोस्टर डिस्प्ले गरिनेछ ।
त्यस्तैगरी दुईदिने पूर्ण शैक्षिक तथा प्राविधिक विषयगत वर्कसपले नेपालभित्र यस विधामा कार्यरत प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापक तथा आवासीय चिकित्सकलाई नयाँ प्रविधि बारेमा जानकारी हुनेछ । रासस
सम्पर्क इमेल : [email protected]