फुलकुमारी मेमोरियल अस्पताललाई मोवाइल भ्यान उपलव्ध गराउँदै जापान सरकार
काठमाडौँ, २७ मंसिर । जापान सरकारले सिराहास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटललाई सुविधा सम्पन्न मोबाईल कार (मोवाइल क्लिनिक सहितको) उपलब्ध गराउने भएको छ ।
जापान सरकारले आफ्नो ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्र्तगत सो मोबाईल कार (मोवाइल क्लिनिक सहित)का उपलव्ध गराउन लागेको हो । सो विषयमा आज नेपालका लागि जापानका राजदुत मासाशि ओेगावा र अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोबीच सम्झौता भएको छ ।
करिब ६५ लाख मुल्य बराबरको उक्त मोबाईल क्लिनिकले तराई क्षेत्रका धेरै जनताहरुलाई उनीहरुकै घरदैलोमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न सहयोग पुग्ने राजदुत ओगावाले बताए ।
स्वास्थ्यकर्मी सहित उक्त मोबाईल क्लिनिक विभिन्न गॉउहरुमा नियमित रुपमा गई स्वास्थ्य उपचारमा संलग्न हुने भएकोले सिरहा, धनुषा, उदयपुर र सिन्धुलीका जनताहरुले क्लिनिकबाट प्रत्यक्ष लाभ पाउने उनले बताए ।
दूरदराजका जनताहरु जसलाई अस्पताल सम्म आई उपचार गर्न गाह्रो हुन्छ उनीहरुका लागि मोबाईल क्लिनिक बरदान सावित हुने फूलकुमारी महतो मेमोरियल हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले बताए ।
गाँंउमा सामान्य स्वास्थ्यकर्मीहरुको अभावमा आफ्नो आमाको निधन हुँंदाका पीडाले गर्दा आफूले गाँंउमा सुविधा सम्पन्न हस्पिटलको स्थापना गरेको बताउँदै उनले अब मोबाईल क्लिनिकले अझ बढी जनताहरुलाई प्रत्यक्ष सेवागर्न सजिलो भएको बताए ।
टोय फ्याक्ट्री जापानको अवधारणा बमोजिम तयार गरिएको टोयोटा गाडीमा चिकित्सक परामर्श तथा उपचारका कक्षको ब्यवस्था गरिएको छ । साथै पोर्टेबल एक्सरे एवं ल्याब सहितको सुविधा रहने उक्त अस्पतालका प्रमुख अस्पताल प्रशासक विजय रिमालले बताए ।
विशेषथरी राजमार्गमा हुने दूर्घटनाका घाईतेहरुलाई तत्काल दूर्घटना स्थलमा पुगि उपचारमा संलग्न हुन सजिलो हुने उनले बताए ।
सम्पर्क इमेल : [email protected]