बाटोमा फ्याकिएका सूर्तिका खोल बुझाउनेलाई सय रुपैयाँ

काठमाडौँ, २७ मंसिर । ग्रीनसिटीअस्पताल बसुन्धराले बाटोमा फ्याकिएका सुर्ती, गुड्खा, करेन्ट जस्ता सूर्तिजन्य पदार्थका खोलहरु जम्मा पारि बुझाउनेलाई पैसा दिने अभियान शुरु गरेको छ ।अस्पतालले शुरु गरेको ‘ग्रीनसिटी क्लिन सिटी अभियान’ अन्तरगत यस्तो अभियान शुरु गरेको हो ।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनका अनुसार बाटोमा फ्याकिएका सुर्ती, गुडखा, करेन्ट जस्ता सुर्तीजन्य पदार्थका ५०० वटा खोलहरु जम्मा पारी बुझाउनेले एक सय रुपैयाँ पाउनेछन् । यस्तै बाटोमा फ्याकिएका मोवाइलका रिचार्ज कार्डहरु २०० प्रति जम्मा गरि बुझाउनेले ५० रुपैयाँ पाउनेछन् ।

टन्डनले खोल बुझाउने अभियानले शुरु गर्नुको दुईवटा मुख्य कारण रहेको बताए ।’ पहिलो सुर्तीका खोलले बाताबरण फोहर र कुरुप हुन्छ , दोस्रो सुर्तीले क्यान्सर जस्ता रोग लाग्छ भन्ने जनचेतना फैलाउनु हो । बाताबरणीय स्वास्थ्य र व्यक्तिको स्वास्थ्यलाई ध्यान दिएर हामीले यो कदम चालेका हौँ ,’ उनले भने ।

गत साता अभियान सुरु भएयता सूर्तिका ५ सय खोल जम्मा पारी दुई जनाले सो बापतको रकम बुझिसकेका छन् । ग्रीनसिटी क्लिनसिटी अभियानले जम्मा पारि बुझाउन ल्याएका खोलहरु सुरक्षित ढंगले नष्ट गर्दछ ।

बाग्मती सफाई अभियान संगै आफ्नो नेतृत्वमा ग्रिनसिटी क्लिनसिटी अभियान सुरु गरेका टण्डनले चक्रपथ नारायणगोपाल चोकबाट बालाजुसम्मको सडक र आसपासका क्षेत्रको हरेक हप्ता सरसफाई गर्दै आएको बताए । उनले हरेक शनिबार हुने यो अभियान हालसम्म ३५ हप्ता चलेको र अभियानमा हालसम्म १० हजार बढीको सहभागिता रहेको बताए ।

टन्डनले यस अवधीमा सडक छेउछाउबाट ३५० मेटिक टन फोहर उठेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *