१५ हजार ३४४ मतदान केन्द्रमा पठाइयो औषधिको पोको
काठमाडौँ, २१ मंसिर । निर्वाचन आयोगले मतदान सामग्रीमा औषधिको पोको समेत पठाएको छ । मतदान गराउन खटिएका कर्मचारीहरुका आकिस्मिक रुपमा चाहिन सक्ने भन्दै औषधिको पोको पठाएको हो ।
सो पोकोमा १९ प्रकारका औषधि सामग्री राखिएको छ । पखला लाग्दा खाने जीवनजल देखि सामान्य घाउ चोट लाग्दा लगाउने व्याण्डेज सम्म छन् । औषधिसंगै सो पोकोमा कसरी कस्तो समस्या हुँदा के औषधि कसरी प्रयोग गर्ने भन्ने लेखिएको पर्चा समेत छ । त्यसैको आधारमा कर्मचारीहरुले औषधि प्रयोग गर्न सक्नेछन् ।
प्रतिनिधी तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचन अन्तरगत आज देशका ४५ वटा जिल्लामा निर्वाचन हुँदैछ । १२८ निर्वाचन क्षेत्रका लागि कुल १५ हजार ३४४ वटा मतदान केन्द्र राखिएको छ ।
ती केन्द्रमा निर्वाचन गराउन १ लाख ५५ हजार बढी कर्मचारीहरु खटिएको निर्वाचन आयोगले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]