निर्वाचनका बेला स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था उच्च सतर्कतामा

काठमाडौँ, १९ मंसिर । सरकारले आगामी २१ मंसिरमा हुने निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले निर्वाचनमा हुनसक्ने घटनालाई मध्य नजर गर्दै उच्च सतर्कतामा रहन निर्देशन दिएको हो ।

विभागका उपमहानिर्देशक चुडामणी भण्डारीले निर्वाचनका बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै देशभरका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई उच्च सतर्कता रहन निर्देशन दिएको बताए ।

‘हामीले चिकित्सक, स्वास्थ्यकर्मी मात्रै होइन स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा रहन निर्देशन दिएका छौँ । त्यससंगै एम्बुलेन्स, औषधि सामग्रीहरु समेत तयारी अवस्थामा नै रहन्छ,’ उनले भने ।

यसपटकको निर्वाचनमा स्वास्थ्य संस्थामा कार्यरत प्रशासन तर्फका कर्मचारीहरु निवार्चनमा खटिए पनि प्राविधिक कर्मचारीहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थामा नै २४ घन्टा सतर्क रहन निर्देशन समेत दिएको भण्डारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *