पूर्व स्वास्थ्य मन्त्री गगन थापा माथि बम आक्रमण

 

उपचारका क्रममा थापा, तस्बिर : दिलिप पौडेलको फेसबुक

काठमाडौँ, १८ मंसिर । पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापालाई लक्षित गरी बम प्रहार भएको छ ।

चुनाव प्रचारका क्रममा आज विहान बुढानिलकण्ठ नगरपालिका – २ चपली हाइटमा घरदैलो हुँदै गर्दा प्रहार भएको हो । थापाको कान र ढाडमा सामान्य चोट लागेको बताइएको छ ।

थापाका सहयोगी दिनेश सुनारका अनुसार थापालाई लक्षित गरी बम प्रहार भएको थियो । सो क्रममा बमको छर्राले थापाको कान र ढाडमा चोट लागेको छ ।

घटनामा अरु ८ जना समेत घाइते भएको सुनारले बताए । घाइते सबैको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । थापा आगामी निर्वाचनमा प्रतिनिधी सभा सदस्य पदमा नेपाली कांग्रेसबाट काठमाडौँ क्षेत्र ४ मा उम्मेदवार बनेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *