यसरी मनाउन थालिएको थियो विश्व एड्स दिवस

विश्व एड्स दिवस मनाउने अवधारणा १९८७ मा जन्मिएको हो । यो अवधारणा ल्याउने व्यक्ति थिए जेम्स डब्लू बन र थोमस नेटर ।
यी दुई व्यक्ति विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा ग्लोबल एड्स प्रोग्रामको पव्लिक इन्फरमेसन अफिसरको रुपमा कार्यरत थिए ।

वर्न र नेटरले उक्त अवधारणा ग्लोबल कार्यक्रम (युएन एडस)का निर्देशक डा जोनाथन मनलाई सुनाए । डा मनले उक्त कन्सेप्टलाई मन मात्रै पराएनन्, तत्कालै अनुमोदन गरे ।

त्यसको एक बर्ष पछि अर्थात सन् १९८८ देखि १ डिसेम्बरलाई विश्व एड्स दिवको रुपमा मनाउने निर्णय भयो । सन् फ्रान्सिस्कोको एक टेलिभिजनबाट यसको औपचारिक घोषणा गरियो । त्यसपछि पश्चिमा मिडियामा यो दिवसले बारेमा व्यापक चर्चा पायो ।

त्यस लगत्तै लण्डनको स्वास्थ्य मन्त्रालयको एक बैठकले डिसेम्बर १ लाई एड्स दिवसको रुपमा मनाउने निर्णय गरयो । बैठकमा सहभागी सबैको एउटै मत के थियो भने साझा सहयोगबाट विश्व एड्स रोगको नियन्त्रण गर्न सकिन्छ ।

विश्व एड्स दिवसको पहिलो दुई बर्षको नारा बालबालिका र युवालाई मात्रै प्राथमिकता दिने खालको थियो । तर यसको विरोध हुन थालेपछि सबै उमेर समूहलाई टार्गेट गरेर यो दिवस मनाउन थालियो ।

सन् १९९६ मा जोइन्ट युनाइटेड नेशन प्रोग्राम एचआईभी युएन एड्सले अझ प्राथमिकताका साथ विश्व एड्स दिवसलाई प्रवद्र्धन गर्न थाल्यो । यसले एड्स बारे विश्वभरको योजना बनाउँदै सहयोग गर्न पनि थाल्यो ।

सन १९९७ मा त एक बर्षभरी विश्व एड्स दिवसलाई प्राथमिकता दिएर व्यापक प्रचार प्रसार समेत गरियो ।

सन् २००४ देखि स्वतन्त्र संस्थाहरुले पनि अभियान चलाउन सुरु गरे । यहि बर्ष नै इसाई धर्मगुरु जोन पाओल आईआई र बेनेडिक्ट एक्सभिआईले एड्सबारे सार्वजनिक रुपमा सन्देश प्रभाह गरे । त्यसपछि डाक्टर र संक्रमितहरु एड्सबारे खुलेर कुरा गर्न थाले ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *