चिकित्सकले सर्जरी गरी निकाले युवकको पेटबाट पाँच किलो फलाम
भारत । मध्यप्रदेशमा पर्ने रीवास्थित संजय गान्धी मेडिकल कलेज टिचिङ अस्पतालका डाक्टरहरुले एक युवकको पेटबाट लगभग पाँच किलो फलामे सामग्रीहरु झिकेका छन् । पेट दुखेर उपचारका लागि मेडिकल कलेज पुगेका ३२ मोहम्मद मकसुदको गत शुक्रबार अप्रेसन गरी सिक्का, सियो र सिक्री सहितका फलामे सामग्री झिकेका हुन् ।
अस्पतालका डा. प्रियंक शर्माका अनुसार सात डाक्टरको समूहले मकसुदको अप्रेसन गरी पेटबाट २६३ वटा सिक्का, १२ वटा व्लेट, शिशाका टुक्रा, कुकुर बाध्ने ६ इन्च लामो फलामको सिक्री र बोरा सिलाउने ४ वटा सिओ सहित पाँच किलो सामग्री निकालेका हुन् ।
सनता जिल्लाका सोहावलका बासिन्दा मकसूद १८ नोभेम्बरका दिन अस्पतालको ओपिडीमा आएका थिए । तीन महिना देखि पेट दुखेको भन्दै आएका उनको २० नोभेम्बरमा परीक्षण सकिएको थियो । गत त्यसपछि गत शुक्रबार मात्रै उनको अप्रेसन गरिएको हो ।
परिवारलाई उदृत गर्दै डा. शर्मा भन्छन्, छ महिना पहिले मकसुदको उपचार सतनामै भएको थियो । त्यहाँ उनको सर्जरी विभागका केही डाक्टरले क्षयरोग भन्दै उपचार गरेका थिए तर सुधार नआएपछि मेडिकल कलेजमा ल्याइएको हो । मेडिकल कलेजमा जाँच गर्दा विरामीको पेटमा फलाम भेटिएको हो ।’
चिकित्सकहरुका अनुसार मानसिक रुपमा विच्छिप्त भएका यी युवकको फलाम निल्ने लत लागेको थियो । बच्चा उमेर देखि नै उनले लुकेर फलामका चिजहरु खाने गर्दथे । जुनकुरा परिवारलाई समेत थाह थिएन ।
डा. शर्माले अप्रेसन पछि विरामी युवकको अवस्था ठिक भएको बताउँदै अझै केही दिन आफुहरुको निगरानीमा रहने जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]