बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा, २०० नेपाली विद्यार्थी समस्यामा

काठमाडौँ, १२ मंसिर । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेश सरकारले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मार ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थीमा पनि परेको छ । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी  अध्ययनरत छन् ।

विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बिएम एन्ड डिसी)ले २१ वटा र नेपाल मेडिकल कलेजले थप तीनवटा कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको हो ।

बंगलादेशमा मेडिकल अध्ययनका लागि प्रत्येक वर्ष चार सयको हारहारीमा नेपाली जाने गरेका छन् । अहिले बंगलादेशका २१ वटा कलेजमा अध्ययन गर्ने झन्डै दुई सय नेपाली विद्यार्थी समस्यामा परेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जनाएको छ ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार २१ वटा कलेजमा भर्ना रोक लगाए पनि अध्ययन भइसकेका विद्यार्थीलाई ठूलो समस्या नभएको बताए । इक्यानले अभिभावक तथा विद्यार्थीलाई अन्योल नभएको भन्दै बंगलादेशमा रोक लगाएका कलेजहरूको सूचीसमेत सार्वजनिक गरेको छ ।

अध्यक्ष पाण्डेले नेपालका विश्वविद्यालयहरूले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेका तथा नेपाल मेडिकल काउन्सिलको सहमति प्राप्त गरेका विद्यार्थी अध्ययनका लागि जान सक्ने बताए । भर्नाका लागि रोक लगाएका कलेजमा भर्ना नहुन समेत इक्यानले आग्रह गरेको छ ।

भर्ना रोक लगाइएका कलेज

  • आसियान मेडिकल कलेज अइची मेडिकल कलेज,
  • उत्तरा ढाका वसुन्धारा एड–डिन मेडिकल कलेज
  • अब्दुल हमिद मेडिकल कलेज
  • ब्रह्मानबारिया मेडिकल कलेज
  • युनिभर्सल मेडिकल कलेज
  • केयर मेडिकल कलेज
  • पार्कभ्यु मेडिकल कलेज
  • युएस बंग्ला मेडिकल कलेज
  • चत्ताग्राम इन्टरनेसनल मेडिकल कलेज
  • विक्रमपुर भुइयान मेडिकल कलेज
  • मोनोअरा सिक्देर मेडिकल कलेज
  • नर्थन इन्टरनेसनल मेडिकल कलेज, धनमुन्डी,
  • ढाका केयर मेडिकल कलेज,
  • ढाका सहबुद्धिन मेडिकल कलेज,
  • ढाका अब–दिन वसुन्धारा मेडिकल कलेज,
  • ढाका साफेना डेन्टल कलेज,
  • ढाका नर्थन मेडिकल कलेज,
  • रंगपुर सिटी मेडिकल कलेज,
  • गजिपुर नाइटिंगल मेडिकल कलेज,
  • सभार बिजिसि ट्रस्ट मेडिकल कलेज, चित्तागोंग

नेपाल मेडिकल काउन्सिलले अनुमति नदिएका कलेज

  • जलालाबाद रागिब–राबेया मेडिकल कलेज,
  • सिल्हेत एन्ड हस्पिटल अन्डर द साहजलाल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी,
  • सिल्हेत युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (युएसटिसी)

आजको नयाँ पत्रिकामा समाचार छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *